केन्द्रीय संस्करण

बाबुरामको त्याग र मधेसप्रतिको दृष्टिकोण

person explore access_timeअसार २, २०७७ chat_bubble_outline0

डाक्टर बाबुराम भट्टराईको जादुको छडी देखेर यतिबेला धेरै मान्छे पागलझैँ बनेका छन् । उनलाई तथानाम गाली गर्दै हिँडेका छन् । जसको कुनै सीमा छैन । अहिले पनि मधेसीलाई पहाडी शासकहरुले दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्दै छन्, डाक्टर बाबुराम भट्टराईलाई पनि त्यही नजरले हेर्दैछन् । लाग्छ उनीहरुलाई अब बाबुराम केही पनि होइन । जे थियो हिजो मात्र थियो । जतिबेला उनी यो भद्दा सरकारको केही महत्त्वपूर्ण जिम्मेवारीमा थिए ।

लामो कसरतपछि समाजवादी र राजपाको एकता निष्कर्षमा टुङ्गिएको छ । २५ गते विधिवत् रूपमा जनता समाजवादी पार्टी (जसपा) भएको छ । दल दर्ता भइसकेपछि विभिन्न रूपमा टीकाटिप्पणी आइरहेको छ जुन स्वाभाविक छ । खासगरी यो पार्टी एकतामा डाक्टर बाबुराम भट्टराईको चर्चा बढी छ । कसैले बाबुरामलाई ठूलो त्याग र अग्रगामी चेतका रूपमा लिएका छन् भने कसैले राजनीतिक रूपमा कहिले नउठ्नेगरी सकिएको रूपमा लिइरहेका छन् । मान्छेहरूले भनेजस्तै के बाबुराम सकिएकै हुन् ? कि देशमा बाबुरामले केही गर्न खोज्दैछन् ? यो गम्भीर विषय हो । यसलाई कमजोर आँक्नु हुँदैन ।

बाबुराम अहिलेका मात्र त्यागी मान्छे होइनन् सुरुदेखिकै त्यागी हुन् अनि विचारका दृढ । रत उनी बाबुराम । उनै बाबुराम आफ्नो पिएचडीलाई तिलाञ्जलि दिएर जनयुद्धमा होमिए । सायद यतिबेला बाबुरामसँग त्यो पिएचडीको सर्टिफिकेट खोज्ने हो भने भेटिने छैन् होला । विगतको राजनीतिक यात्रा त्यसपछि माओवादी हुँदै मधेस केन्द्रित राजनीतिसम्म आइपुग्दा बाबुरामको ठूलो राजनीतिक त्याग र समर्पण छ । त्यो त्याग र समर्पण बाबुरामको लागि होइन मुलुकको विविधतायुक्त समाज र त्यस किसिमको राजनीतिक सत्ता र सरकार निर्माणका लागि हो भन्ने कुरा अब सहजै बुझ्न सकिन्छ ।


मधेसको राजनीति जुन अप्ठ्यारोमा फसेको थियो त्यो अप्ठ्यारोबाट उम्केको छ । नयाँ फड्को मार्न सफल भएको छ । यो एकता अभियानलाई जसपाले सफल पार्नै पर्छ । जसपा अरू राजनीतिक दलभन्दा फरक बन्नै पर्छ । फरक त्यो हिसाबले बन्नुपर्छ जुन हिसाबको राजनीतिक आवश्यकता मुलुकले खोजेको छ । तराई मधेस र हिमाल पहाडको वास्तविक एकतालाई जोड्नैपर्छ । अनि मात्र यो एकताको वास्तविकता झल्किनेछ । नभए नयाँ बोतलमा पुरानो रक्सीको कथा हुनेछ ।


मधेसको राजनीति जुन अप्ठ्यारोमा फसेको थियो त्यो अप्ठ्यारोबाट उम्केको छ । नयाँ फड्को मार्न सफल भएको छ । यो एकता अभियानलाई जसपाले सफल पार्नै पर्छ । जसपा अरू राजनीतिक दलभन्दा फरक बन्नै पर्छ । फरक त्यो हिसाबले बन्नुपर्छ जुन हिसाबको राजनीतिक आवश्यकता मुलुकले खोजेको छ । तराई मधेस र हिमाल पहाडको वास्तविक एकतालाई जोड्नैपर्छ । अनि मात्र यो एकताको वास्तविकता झल्किनेछ । नभए नयाँ बोतलमा पुरानो रक्सीको कथा हुनेछ ।

मधेसी नेतृत्वको एकताले मुलुकको धेरै आवश्यकता पूरा गर्नुपर्ने छ । जुन आवश्यकतामाथि केही पहाडी शासकहरुले आफ्नो निहित स्वार्थपूर्तिका लागि प्रयोग गर्दै आएका छन् । त्यसैले यो एकता मधेसीको एकता मात्र होइन पहाडीको एकता पनि हो । मधेस पहाडलाई जोड्ने राजनीतिक एकताको अभियान हो । तराई मधेस, हिमाल, पहाडको विविधतालाई जोडेर नयाँ राष्ट्रिय एकताको इतिहास रच्ने कोसेढुङ्गा हो । त्यसैले मधेसी नेताहरुले बाबुरामबाट त्याग र समर्पण त लिए । तर उनीहरुको पनि त्याग र समर्पणको दिन आइसकेको छ । यसका लागि उनीहरु तयार छन् ?


मधेस राजनीतिको एकताबाट दुनियाँ चकित छन् । र, उनीहरू विभिन्न आरोप लगाइरहेका छन् । प्रयास गरे दुनियाँमा असम्भव केही पनि छैन भन्ने सन्देश एकताले दिएको छ । जसरी मधेसमा बाबुराममाथि ठूलो शङ्का थियो । पटक पटकको बाबुरामको त्याग, समर्पण र प्रयासले यतिबेला सबै कुरा किनारा लागेको छ । जसरी खस शासकहरुले मधेसलाई चिड्याएको थियो त्यसरी नै बाबुरामले आफ्नो हातबाट त्यो हैसियत दिलाउन सफल भएका छन् ।


परिवर्तनमुखी राजनीतिक आन्दोलनमा पदप्रतिष्ठा सहायक कुरा हुन्, मुख्य कुरा त सही राजनीतिक कर्यदिशा र दृष्टिकोण नै हुन् । जसमा वास्तविक समाज अडेको छ । आगामी दिनमा र निर्वाचनमा मधेसभित्रका दलित महिला लगायतका सीमान्तकृत वर्ग र समुदायलाई ठाउँठाउँबाट प्रत्यक्ष निर्वाचित गराउनेदेखि समानुपातिक प्रणालीलाई शतप्रतिशत प्रयोग गर्ने, राज्य र सरकारको वैधानिक कुर्सीमा उल्लेखनीय रूपमा सहभागी गराउने र आफ्नो अधिकार आफ्नै समाजमा स्थापित गर्न लगाउने, पार्टीभित्र काखापाखा नगरी सक्षम दलित महिला लगायतका नेतृत्वलाई अगाडि ल्याउने र वैकल्पिक नेतृत्वको रूपमा स्थापित गर्ने जस्ता जोखिमपूर्ण काम जसपाले गर्नुपर्छ । त्यसो गर्न सकिएन भने यो राजनीतिक एकता र अभियानको अर्थ रहँदैन ।

त्यसैले बाबुराम र उनको त्यागबाट जसपाका अन्य नेतृत्वहरुले पाठ सिक्नैपर्छ । मधेस राजनीतिको एकताबाट दुनियाँ चकित छन् । र, उनीहरू विभिन्न आरोप लगाइरहेका छन् । प्रयास गरे दुनियाँमा असम्भव केही पनि छैन भन्ने सन्देश एकताले दिएको छ । जसरी मधेसमा बाबुराममाथि ठूलो शङ्का थियो । पटक पटकको बाबुरामको त्याग, समर्पण र प्रयासले यतिबेला सबै कुरा किनारा लागेको छ । जसरी खस शासकहरुले मधेसलाई चिड्याएको थियो त्यसरी नै बाबुरामले आफ्नो हातबाट त्यो हैसियत दिलाउन सफल भएका छन् ।

धेरैले यो एकतालाई दिगो रूपमा लिन अहिले पनि हिचकिचाइरहेका छन् । उनीहरु नाटकको संज्ञा दिइरहेका छन् । तथापि अन्य राजनीतिक दललाई चुनौती थपिदिएका छन्, यो एकताले र नेकपालाई पनि चुनौती थपिदिएका छन् । मधेसमा उत्पीडित समुदायको नेतृत्वलाई स्थापित गर्ने जिम्मेवारी पनि मधेसी नेतृत्वहरुको काँधमा आएको छ । जसरी बाबुरामले त्याग र समर्पण गरे, आफ्नो इमानदारीपूर्वक भूमिका निर्वाह गरे त्यसरी नै अब उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतकाले मधेसका उत्पीडित वर्गको हातमा नेतृत्व स्थापित गर्ने भूमिका निर्वाह गर्नुपर्छ । मधेसमा यही प्रश्न यतिबेला उठिरहेका छन् कि बाबुरामले त देखाए अनि उनीहरुले चाहिँ कहिले देखाउने ? के यसका लागि पनि मधेसी नागरिकले समय पर्खिनु पर्छ ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.