शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डाक्टरका कुराः हड्डीलाई कमजोर बनाउने तपाईंका यी सात बानी, बलियो बनाउने तरिकासहित

बिहीबार, २२ भदौ २०७४, १४ : ३२
बिहीबार, २२ भदौ २०७४

स्वस्थ हुनका लागि हड्डी बलियो हुन निकै आवश्यक छ । उमेर बढेसँगै हड्डीलाई स्वस्थ राख्नका लागि सही खानपिनका साथै जीवनशैली पनि स्वस्थ हुनुपर्छ । तर थुप्रै मानिसहरु नियमित रुपमा जानी नजानी गलत व्यवहार अपनाएर आफ्नो हड्डीमा क्षती पुर्याउने गर्दछन् । फिजियोथेरापिस्ट डा. गितेश अमरोहितले यस्ता ७ बानीबारे जानकारी दिएका छन् जसले हड्डीलाई कमजोर बनाउने गर्दछ ।

नुनिलो खानेकुरा खानुः

नुनिलो, चिप्सजस्ता खानेकुरामा सोडियमको मात्रा अत्यधिक हुन्छ । यसलाई धेरै खाँदा शरिरको क्याल्सियम पिसाबसँगै बाहिर निस्कने गर्दछ । यसले हड्डी कमजोर हुन थाल्छ ।

धेरै गुलियो खाँदाः

गुलियो खानेकुरा र पेय पदार्थमा फस्फोरिक एसिडजस्ता तत्वको मात्रा अत्यधिक हुन्छ । नियमित रुपमा यसको सेवनले हड्डी कमजोर हुनसक्छ ।

धेरै कफी पिउँदाः

कफीमा भएको क्याफेनले ‘बोन मास डेन्सिटी’ कम गर्ने गर्दछ । धेरै कफी पिउँदा हड्डी कमजोर हुने गर्दछ भने अस्टियोपोरोसिसको आशंका बढ्ने गर्दछ ।

धेरै रक्सी पिउँदाः

धेरै रक्सी पिउँदा शरिरमा क्याल्सियम र भिटामिन डीको कमी हुने गर्दछ । यसले हड्डी कमजोर हुने गर्दछ ।

धेरै चकलेट खाँदाः

चकलेट धेरै खाँदा शरिरमा चिनी र अक्सेलेटको स्तर बढ्ने गर्दछ । यसले क्याल्सियम राम्रो तरिकाले अवशोषित हुन पाउँदैन र हड्डी कमजोर हुन थाल्छ ।

धेरै सप्लिमेन्ट खाँदाः

भिटामिन ‘ए’ प्राकृतिक स्रोत जस्तै फलफूल वा खानाबाट प्राप्त गरे यसले शरिरमा फाइदा पुर्याउँछ तर यदि यसको सप्लिमेन्ट धेरै मात्रामा लिँदा यसले हड्डी कमजोर बनाइदिने गर्दछ ।

धेरै जंक फूड खाँदाः

जंक फूड जस्तै बर्गर, पिज्जा र पास्तामा सोडियमको मात्रा धेरै हुन्छ । यसले शरिरमा क्याल्सियमको मात्रालाई कम गर्ने गर्दछ जसले हड्डी कमजोर हुन थाल्छ ।

हड्डीलाई बलियो बनाउने टिप्सः

क्याल्सियम डाइटः

डाइटमा हरियो सागसब्जी, दुध, दही, ड्राई फ्रुट, माछा, गेडागुडी, मेवा, सुन्तला समावेश गर्नुहोस् । यसले शरिरमा पर्याप्त क्याल्सियम प्रदान गर्दछ र हड्डी बलियो बनाउँछ ।

डोरी खेल्नुहोस् (स्किपिङ गर्नुहोस्)

अमेरिकी जर्नल अफ हेल्थको अनुसन्धान अनुसार बिहान बेलुका १०–१० पटक स्किपिङ गर्दा हड्डी बलियो हुन्छ ।

दैनिक बिहान ५–१० मिनेट घाम ताप्दा शरिरमा पर्याप्त मात्रामा भिटामिन –डि पाइने गर्दछ । यसले शरिरमा क्याल्सियमको स्तरलाई नियन्त्रणमा राख्छ ।

जैतुनको तेलः

स्पेनमा गरिएको एक अनुसन्धानमा यो पुष्टि भएको छ कि खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुने गर्दछ ।

धनियाः

धनियामा २.९ प्रतिशत क्याल्सियम पाइन्छ । यसलाई नियमित खानामा समावेश गर्दा हड्डी बलियो हुने गर्दछ ।

लसुनः

लसुनलाई दुधमा उमालेर खिरजस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ ।

प्याजः

प्याजमा सल्फरको मात्रा धेरै हुन्छ जुन हड्डी बलियो हुनका लागि आवश्यक पर्दछ । त्यसकारण यसलाई दैनिक खानामा समावेश गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप