बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा लकडाउन नबढाइने

सोमबार, ०१ असार २०७७, २२ : २०
सोमबार, ०१ असार २०७७

एजेन्सी । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अव लकडाउन नलम्बिने भएको छ । दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागु पर्ने पक्ष र योजनामा आफु नरहेको सोमबार बताएका हुन् ।  ‘आम नागरिकलाई लकडाउनले मर्कामा पारेको छ, दिल्लीमा फेरी लकडाउन लम्याउने मेरो योजना छैन’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । यसअघि केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा पनि यही बारेमा छलफल भएको थियो । 

केन्द्रीय राजधानी समेत रहेकाले केन्द्रीय सरकारले समेत चासो राखेर छलफल गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।  बैठकमा मुख्यमन्त्री केजरीवालको पार्टी आम आद्मी पार्टी (आप) का सांसद संजय सिंह पनि सहभागी भएका थिए । बैठकमा विरामीहरुका लागि शैया संख्या बढाउने बारेमा पनि छलफल भएको थियो । 

भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय काँग्रेस, आम आद्मी पार्टीका प्रतिनिधि र सरकारी उच्च अधिकारीहरु पनि बैठकमा सहभागी भएका थिए ।  बैठकमा लकडाउनलाई लम्याउने कि नलम्याउने, फैलिँदै गरेको कोरोनाभाइरसको सङ्क्रमणलाई कसरी न्युनिकरण गर्ने, अभाव वा समस्याहरु केके छन्लगायतका विषयमा पनि छलफल भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप