शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीको नारा : ‘कोरोनाको उपचार नुन, तेल, बेसार–डा केपी ओली’

सोमबार, ०१ असार २०७७, १५ : १४
सोमबार, ०१ असार २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

राजधानीको बानेश्वर क्षेत्रमा गरिएको प्रदर्शनमा नेविसंघका नेता कार्यकर्ताले सरकारविरुद्ध आक्रामक नारा र प्लेकार्डसहित प्रदर्शन गरेका थिए । 

प्रदर्शनका क्रममा विद्यार्थीहरुले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्नुको साटो डाक्टर जसरी सुझाव दिएको भन्दै ‘कोरोनाको उपचार नुन, तेल र बेसार–डा केपी ओली’ अंकित प्लेकार्डसहित प्रदर्शन र त्यसलाई जलाएका थिए ।
 यस्तै उनीहरुले १० अर्बको हिसाब खोई ?, जनतालाई बन्द गरेर भ्रष्टाचार खुला गर्न पाइँदैन, जनतालाई सास्ती कालोबजारीलाई मस्ती, सरकार क्वारेन्टिन सामूहिक बलात्कार गर्न पो बनाएको जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । 

पछिल्लो समय काँग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सडक र सदनमार्फत दवाव बढाउने रणनीति लिएको छ । सोहीअनुरुप सोमबार नेविसंघ सरकारविरोधी प्रदर्शनका लागि सडकमा आएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप