शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तनहुँको विद्यालयले दियो आठ जनालाई बेतलबी बिदा

सोमबार, ०१ असार २०७७, १२ : ४५
सोमबार, ०१ असार २०७७

व्यास नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आठ जना कर्मचारीलाई बेतलबी बिदामा राखेको छ । 

उक्त विद्यालयमा अध्यापन गराउने पाँच निजी शिक्षक र तीन अर्धनिजी कर्मचारीलाई बेतलबी बिदामा राखिएको हो । 

विद्यालयको आयस्रोत नभएकाले विद्यालय व्यवस्थापन समितिको निर्णयले निजी र अर्धनिजी शिक्षक एवं कर्मचारीलाई बेतलबी बिदामा राखिएको विद्यालयले जनाएको छ । 

निजी शिक्षिका मैयाँ दरैले  देशमा बन्दाबन्दीका समयमा घरको खर्च बढिरहेका अवस्थामा विद्यालयको बेतलबी बिदामा राख्ने कार्यप्रति चित्त दुखेको बताइन् ।   केही वर्षअघि नगरपालिकाले विद्यालय भवन निर्माणका लागि रु ५५ लाख विनियोजन गरे पनि काम गर्न नसक्दा फ्रिज भई  घाटा ब्यहोर्दै आउनुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद दरैले बताए ।

उनका अनुसार उनीहरुलाई चैतसम्मको तलब खुवाई त्यसपछि सहज परिस्थिति भएपछि पुन जागीरमा समावेश गराउने निर्णयानुरुप हाललाई बेतलबी बिदामा राखिएको हो ।  उक्त विद्यालयमा हाल करीब चार सय विद्यार्थी र ३२  शिक्षकशिक्षिका  छन् । 

सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक एवं कर्मचारीका लागि नगरपालिकाको कुनै सहयोग नरहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप