स्थगित भयो युएईको पहिलो ‘उद्धार’ उडान !
युएईबाट काठमाडौंको लागि आगामी जुन १६ र १८ अर्थात् असार २ र ४ गते नेपाल एयरलाइन्स मार्फत स्वदेश फिर्तीका लागि तय भएको दुई उडान तालिका स्थगित भएको सूचना यहाँस्थित नेपाली दूतावासले निकालेकाे छ।
दूतावासले निकालेको सूचनामा प्राविधिक कारणले नेपाल एयरलाइन्सको चार्टर उडान हाललाई स्थगित गरिएको जनाइएको छ ।
यता दूतावासले उडान रद्ध भनेर उसकै आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरेको सो सूचना केही मिनेटमै डिलेट गरेकाे छ। सूचना एकाएक डिलेट गरिएपनि डिलेट गर्नुकाे कारणबारे पनि केही खुलाइएकाे छैन । यो विषयमा दूतावास आबुधावीबाट जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन।
यस्तै बहराइनमा आगामी असार ७ गते मात्रै पहिलो उडान हुने जनाइएको छ । नेपाली दूतावास बहराइनले असार ३ गते हुने भनिएको उडान प्राविधिक कारणले असार ७ मा हुने जनाएको हो।
साउदीको दमामबाट हुने पहिलो उडान पनि रद्द भएको छ।असार १ गते स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडान रद्द भएको रियाद स्थित नेपाली दूतावासले जनाएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ