बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘नोकिया सीटू–फोरजी’ स्मार्ट फोन नेपाली बजारमा, मूल्य जम्मा ९ हजार

आइतबार, ३२ जेठ २०७७, १८ : २४
आइतबार, ३२ जेठ २०७७

काठमाडौं– नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटकले कम मूल्यको स्तरीय फोरजी स्मार्टफोन नोकिया सीटू बजारमा ल्याएको छ । यो स्मार्टफोन मा उत्कृष्ट एचडी डिस्प्ले, आकर्षक बनावट र बढि स्टोरेज क्षमता भएकोले अरु कम मूल्य पर्ने स्मार्टफोन भन्दा एकदमै राम्रो हुने कम्पनीको दाबी छ । 

वर्तमान अवस्थाको जिवनशैली तथा आवश्यकता अनुसार भर्चुअल मिटिङ, अनलाइन क्लास, अनलाइन स्टिमिङ र अन्य इन्टरटेनमेन्टका लागी उपभोक्ताहरुद्वारा सस्तो र फास्ट चल्ने सुविधायुक्त स्मार्टफोनको माग बजारमा अधिकतम रुपमा बढेको छ । 

नोकिया सीटू–फोरजी स्मार्टफोनमा ५.७ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले स्क्रिन छ जसलाई टफन ग्लासद्धारा सुरक्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ । यसमा एन्ड्रोयड ९ पाई अपरेटिङ सिस्टम छ, जुन गो एप्स चलाउनको लागी उत्कृष्ट अपरेटिङ सिस्टम हो ।

गो एप्सले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिन्छ । यसमा माइक्रो एसडी कार्डद्वारा ६४जीबीसम्म स्टोरेज बढाउन सकिन्छ । साथै यसमा भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि छ । यो स्मार्टफोनमा बदल्न मिल्ने २८००एमएएचको ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ । 

फोटोग्राफीको लागी नोकिया सीटू–फोरजी स्मार्टफोनमा पछाडि ५ मेगापिक्सेल अटोफोकस क्यामेरा र फ्ल्यास् लाइट, सेल्फीको लागी पनि ५मेगापिक्सेल क्यामरा, सेन्सर एलइडी फ्ल्यास लाइट रहेको छ । यसमा अन्य नोकिया स्मार्ट फोनहरुमा जस्तै स्ट्याण्र्डड क्यामेरा फिचरहरु रहेको छ । यसमा अन्य स्मार्टफोनमा हुने सबै कनेक्टिभिटि फिचरहरुरहेका छन । नोकिया सीटू–फोरजी स्मार्टफोनको बजार मूल्य रु.९,२९९ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ ।

साथै अहिले बजारमा उपलब्ध भईरहेको नोकिया सीवान र नोकिया २.३ स्मार्टफोनहरु १२ हजार भन्दा कम मूल्य पर्ने भएकोले प्रयोगकर्ताहरु द्धारा अत्यन्त रुचाएको  छ । साथै नोकियाका फिचर फोनहरु र नोकिया सीवान स्मार्टफोनमा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप