मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

इटालीको कोरोना–फ्री गाउँ, जहाँ स्थानीय सरकारले गर्दैछ १ युरोमै घर बिक्री

आइतबार, ३२ जेठ २०७७, १५ : १९
आइतबार, ३२ जेठ २०७७

कोरोनाभाइरस (कोभिड–१९) बाट अति प्रभावित देशहरुको सूचीमा पर्छ, इटाली । तर यहाँको दक्षिणी शहर कलाब्रियास्थित सानो गाउँ चिन्कोफ्रोन्डीमा अहिलेसम्म कोभिड–१९ का बिरामी भेटिएका छैनन् । 

अनि, कसैले यो ‘कोरोना फ्री’ गाउँमा बस्न चाहन्छ भनेपनि उसले पैसाका कारण टाउको दुखाउनुपर्दैन, किनकी यहाँ केवल १ युरो अर्थात् नेपाली १ सय ३६ रुपैयाँ ६५ पैसामा घर पाइन्छ ।  

इटलीमा लकडाउन खुकुलो भएसँगै सुरु गरिएको यो अभियानलाई मेयर मिसेल कोनियाले ‘अपरेशन ब्युटी’ भनेका छन् ।  ‘हामी ताजगी ल्याउने पहाड र दुई न्यानो समुन्द्रबीचबाट उठ्नेछौं । सुन्दर नदी नजिकैबाट बग्छ र समुन्द्री किनार कारबाट १५ मिनेटमा पुग्न सकिन्छ । तर, मेरो गाउँका सबै क्षेत्र मरुभूमिजस्तो बनेका छन्, खाली घरहरु अस्थिर र जोखिम समेत बनेका छन्,’ कोनियाले भने । 

यस गाउँको जनसंख्या बढाउनका लागि नै यति सस्तो मूल्यमा यी घरहरु प्रस्ताव गरिएको हो । यहाँका, युवाहरु जागिर खोज्दै ठूला शहरमा पुगेर बसेका छन् । त्यसैले चिन्कोफ्रोन्डी नयाँ मानिसहरुलाई गाउँमा स्वागत गर्न चाहन्छ । ‘धेरैजसो खाली घरहरुका लागि नयाँ मालिकको खोजी गर्नु नै अपरेशन ब्युटी अभियानको महत्वपूर्ण पाटो हो । मैले यस गाउँका हराएका  मासिएका संरचनालाई फेरि रिकभर गर्ने सोचेको छु,’ कोनियाले भने । 

अहिले यस योजनाअन्तर्गत १२ वटा घर उपलब्ध छन् र गाउँभर ५० भन्दा धेरै खाली घर छन् । ‘यदि हामीसँग ठूलो माग आयो भने दशकौंदेखि खाली भएका अन्य सबै भवनलाई स्वामित्वमा लिनसक्छौं किनकी पुराना मालिकहरु कहीँ पनि भेटिँदैनन् ,’ कोनियाले भने ।  

यस योजनाअन्तर्गत चिन्कोफ्रोन्डीमा घर किन्नेले प्रक्रिया र घरको पुननिर्माण पूरा नभएसम्म वार्षिक रुपमा पोलिसी इन्सुरेन्स शुल्क २ सय ५० युरो बुझाउनुपर्छ । त्यस्तै, समयमै घर पुनर्निर्माण गर्न पनि जरुरी छ । अन्यथा, चर्को जरिवाना तिर्नुपर्ने हुन्छ । तीन वर्षसम्म घरको स्टाइल पूरा भएन भने २० हजार जरिवाना तिर्नुपर्न यस योजनाको नियम छ । 

यद्यपी चिन्कोफ्रोन्डीका घरहरु पनि साना आकारका छन्, झन्डै ३ सय २३ स्क्वायर फिटदेखि ४ सय ३० स्क्वायर फिटसम्म , जसको अर्थ पुनर्निर्माणमा पनि कम समय र पैसा खर्च हुनेछ । ‘घर किन्ने नयाँ मानिस यस परियोजनाप्रति प्रतिवद्ध भइसकेपछि हामीले केवल उनीहरुसँग निश्चितता मात्रै खोज्ने हो । यहाँ पोलिसी शुल्क निकै कम छ र १० हजारदेखि २० हजार युरो वा बढीमा ११ हजारदेखि २३ हजार युरोसम्म घरको पुनर्निर्माण भइसक्नेछ किनकी यहाँका घरहरु साना छन्,’ कोनियाले भनेका छन् । 

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप