शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उल्कापिण्ड खसेपछि बनेको पोखरीको पानी एकाएक भयो गुलाबी, रहस्य सुल्झाउन जुटे वैज्ञानिक

आइतबार, ३२ जेठ २०७७, १३ : ५३
आइतबार, ३२ जेठ २०७७

भारतको महाराष्ट्रको लोनार पोखरीको पानीको रङ्ग परिवर्तन भएर गुलाबी भएको छ । विशेषज्ञले यसको कारण लावणता जथा जलाशयमा उत्पन्न लेउका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेका छन् । लोनार पोखरी मुम्बईभन्दा करिब ५ सय टाढा बुलढाणा जिल्लामा पर्दछ । यो पर्यटकबीच निकै लोकप्रिय छ । यो पोखरीको निर्माण करिब ५० हजार वर्षअघि धर्तीमा उल्कापिण्ड ठोक्किँदा भएको अनुमान गरिन्छ । संसारभरीका वैज्ञानिकमा पनि यो पोखरीमा निकै रुची छ ।

पोखरीको पानी गुलाबी रङमा परिणत हुँदा स्थानीयका साथै प्रकृतिविद र वैद्दज्ञानिक पनि चकित छन् । विशेषज्ञका अनुसार पोखरीको पानी परिवर्तन भएको यो पहिलो घटना भने होइन तर यसपटक यसको रङ स्पष्ट देख्न सकिएको छ । लोनार पोखरी संरक्षण एवं विकास समितिका सदस्य गजानन खराटले यो पोखरीको पानी नुनिलो भएको र यसको पिएच स्तर १०.५ भएको जानकारी दिए ।

उनले भने, ‘पोखरीमा लेउ छन् । पानीको रङ परिवर्तन हुनुमा लवणता र लेउ जिम्मेवार हुनसक्छन् ।’

उनले थपे, ‘पानीको सतहभन्दा एक मिटर मुनी अक्सिजन छैन । इरानको एउटा पोखरीको पानी पनि लवणताका कारण रातो रङको भएको थियो ।’

उनका अनुसार लोनार पोखरीको जलस्तर वर्षा नभएका कारण कम छ र यसमा ताजा पानी पनि भरिएको छैन साथै जलस्तर कम भएका कारण नुनिलोपन बढेको होला र लेउको प्रकृति पनि परिवर्तन भएको होला ।

यस्तै, औरंगाबादका डा. बाबासाहेब आंबेडकर मराठवाडा विश्वविद्यालयमा भूगोल विभागका प्रमुख डा. मदन सूर्यवंशीका अनुसार पानीको रङ जुन स्तरमा परिवर्तन भएको छ, त्यो हेर्दा यस्तो लाग्छ कि यसमा मानवीय दखल भएको छैन ।

उनले भने, ‘पानीमा मौसम अनुसार परिवर्तन आउँछ र लोनर पोखरीमा पनि यस्तै भएको हुनसक्छ । यदि हामी एक हप्ताभित्र त्यहाँ जान सक्छौं भने परिवर्तन कसरी भयो, त्यसको जानकारी लिन सक्छौ । त्यसपछि मात्रै यसबारे थप जानकारी प्रदान गर्न सक्छौं ।’

स्रोतः सीएनएन, एबीपी न्यूज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप