बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय–ट्वीङ्कलले घरलाई प्रकृतिको सहारामा यसरी बनाएका छन् स्वर्ग (तस्बिर)

शनिबार, ३१ जेठ २०७७, १४ : २१
शनिबार, ३१ जेठ २०७७

बलिउड नायक अक्षय कुमार र ट्वीङ्कल खन्ना दुबै प्रकृतिसँग निकै नजिक हुन रुचाउँछन् । जुहुस्थित आफ्नो घरलाई ट्वीङ्कल आफैंले डिजाइन गरेकी हुन् ।

घरभित्रको हरियाली बगैंचा, ठूल्ठूला रुखका झाडी, घरभित्रै पोखरीले यो जोडीको घरमा सुनमा सुगन्ध मिसाउने काम गरेको छ । यी दुईको घर अत्यधिक शानदार छ, शानदार यसकारण पनि छ किनभने उनीहरुले प्राकृतिक तरिकाले आफ्नो घर सजाएका छन् ।

उनीहरुको आफ्नो घरभित्र प्रकृतिलाई असाध्यै महत्व स्थान दिएका छन् । अक्षयको घरको बगैंचा निकै सुन्दर छ ।

अक्षय कुमारको घरको ग्राउन्ड फ्लोरमा किचन, डाइनिङ, लिभिङ र होम थिएटर छ । माथिल्लो भागमा बेडरुम, बाल्कोनी र ट्वीङ्कल खन्नाको अफिस छ ।

अक्षय कुमार र ट्वीङ्कललाई जनावरसँग विशेष लगाव छ । उनीहरुको घरमा पनि घरपालुवा जनावर छन् र उनीहरुका लागि विशेष प्रबन्धको व्यवस्था मिलाइएको छ ।

 ट्वीङ्कल खन्ना फिल्मबाट टाढा भएपछि उनी सोसल मिढियामा अत्यधिक सक्रिय छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप