बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिलो डेटमा गएकी युवती ट्वाइलेट गइन् र यसरी फसिन्

बिहीबार, २२ भदौ २०७४, १० : ५०
बिहीबार, २२ भदौ २०७४

बीबीसी

पहिलो पटक डेटमा गएकी एक युवतीले अत्यधिक लज्जास्पद क्षणको सामना गर्नुपर्यो जब ट्वाइलेटमा फ्लश नभएको आफ्नो दिसालाई उनले झ्यालबाट फ्याँक्ने कोसिस गरिन् । स्थिती त्यतिबेला तनावग्रस्त भयो जब उनको दिसा बगैंचामा खस्नुको साटो ती दुई झ्यालको बिचमा फस्यो जुन खुल्दैनथ्यो ।

ती महिला जिम्नास्टका छात्र लियम स्मिथसँग पहिलो पटक डेटमा गएकी थिइन् ।

दुई झ्यालबिच फसेको दिसा हटाउने कोसिसमा यी महिला आफैं त्यहाँ फसिन् । त्यसपछि फायर ब्रिगेडलाई फोन गर्नुपर्यो ।

यो कहानी ब्रिस्टल युनिभर्सिटी स्टूडेन्टका क्राउडफन्डिङ पेजमा सार्वजनिक भएको हो ।

चर्चित रेष्टुरेन्टः

आफ्नो बिग्रिएको झ्याललाई ठिक पार्नका लागि पैसा जम्मा गरिरहेका स्मिथका अनुसार उनले ती युवतीलाई आफ्नै घरमा डेट लगेका थिए ।  

उनले भने, ‘त्यो वास्तवमा निकै उत्कृष्ट साँझ थियो । हामीले एक चर्चित रेष्टुरेन्टमा खायौं, बियर पनि पियौं र एक बोतल रक्सी लिएर फिल्म हेर्नका लागि घर गयौं ।’

स्मिथका अनुसार ती युवती ट्वाइलेट गइन् र जब फर्किइन् तब उनको आँखामा डर देखे र युवतीले ट्वाइलेटभित्र जे गरिने त्यसबारे बेलिबिस्तार लगाइन् ।

उनका अनुसार ट्वाइलेटको झ्याल जहाँ खोलिन्छ त्यहाँ निकै कम स्पेसमा धुमाउरो झ्याल छ ।

स्मिथ झ्याल तोड्नका लागि हथौडा खोज्न गए तर ती महिला हतारिँदै उक्त कम स्पेसबाट दिसा हटाउन गइन् तर त्यहाँ नमज्जाले फसिन् ।

बाथरुमको झ्यालः

स्मिथले भने, ‘उनी नमज्जाले फसेकी थिइन् जसका कारण म डराएँ र फायर ब्रिगेडलाई बोलाएँ । त्यसपछि मात्र उनलाई त्यहाँबाट निकाल्न सकियो ।’

युवतीलाई निकाल्नका लागि स्मिथको बाथरुमको झ्याल पूर्ण रुपमा नष्ट गर्नुपर्यो ।

स्मिथले भने, ‘मैले यसमा कुनै आपत्ति जनाएको छैन । उनीहरुले जे गर्नुपर्ने त्यही नै गरे । समस्या यो छ कि यसको सिसा परिवर्तन गर्न ३ सय पाउन्ड खर्च गर्नु मुश्किल छ जो एक स्नातकोत्तर छात्रको रुपमा मेरो मासिक बजेटको एक ठूलो हिस्सा हो ।’

स्मिथले फण्डमार्फत २ सय पाउन्ड जम्मा गर्ने लक्ष्य राखेका थिए तर अहिलेसम्म उनीसँग १२ सय पाउन्डभन्दा बढि जम्मा भइसकेको छ ।

युवती आफ्नो नाम सार्वजनिक गर्न चाहँदिनन् तर स्मिथ उक्त घटनापछि पनि उनीसँग भेटे । उनी भन्छन्, ‘भविष्यमा के होला, त्यो कसैलाई पनि थाहा छैन ।’

स्मिथले भने, ‘जब हामी दोस्रो पटक डेटमा गयौं तब त्यो एक सुन्दर रात थियो । हामीबिचको सम्बन्ध निकै राम्रो थियो । उनी एक सुन्दर युवती हुन् ।’

एवन फायरसँग जब घटनाबारे सोधियो तब उनले यसको पुष्टि गर्दै भने, ‘हामीलाई एक युवती दुई झ्यालबिच फसेको भन्ने फोन आएको थियो र हामीले झ्याल तोडेर उनलाई बाहिर निकालेका हौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप