शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुडिरहेको मोटरसाइकलमा हाँगाले लागेर २ वर्षीया बालिकाको मृत्यु

शनिबार, ३१ जेठ २०७७, १२ : ५४
शनिबार, ३१ जेठ २०७७

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कृषि सडक छेउको रुखको हाँगा छिनाल्ने क्रममा से६प ३३८९ नंको मोटरसाइकलमा सवार दुई वर्षीया बालिका आरजु खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

दुर्घटनामा परी मृतक बालिकाका बुबा मोटरसाइकल चालक ३० वर्षीय ज्ञानेन्द्र खड्का गम्भीर घाइते भएको इप्रका गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए । ‘सडक छेउको रुखमा सहकारीले रुखको हाँगा छिनाल्दा हाँगा खसेर मोटरसाइकलमा परेछ’ घटनास्थल अनुसन्धानमा खटिएका प्रहरी नायब निरीक्षक धामीले भने, ‘बालिकाको उपचारका क्रममा मृत्यु भएको र बुबाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।’

ज्ञानेन्द्रको माया मेट्रोमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको समेत जानकारी दिए । प्रहरीले रुखको हाँगा काट्ने स्थानीय प्रकाश चौधरी र हाँगा काट्न लगाउने ग्वासी विद्युत् सहकारी संस्थाका अध्यक्ष प्रेम कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप