शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवादकै बीच माइतीघरमा युवाहरुको प्रदर्शन, २१ तस्बिरमा हेर्नुहोस्

प्रदर्शनकारीको नारा : लिपुलेक हाम्रो हो, आरडीटी नराम्रो हो
शनिबार, ३१ जेठ २०७७, २१ : ३०
शनिबार, ३१ जेठ २०७७

काठमाडौं । केही दिनयता सरकारको विरोधमा देशव्यापी प्रदर्शनरत युवाहरुको समूहले शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् । 

शनिबार संविधान संशोधन प्रस्ताव पारित हुने दिन भएकैले प्रदर्शनको दृश्य केही पृथक पनि देखिन्थ्यो । 

विगतका दिनमा सरकारविरोधी आक्रामक नारा हुने गरेकोमा आजको प्रदर्शनमा संशोधन प्रस्ताव ल्याएर सरकारले राम्रो काम गरेको भन्दै प्रशंसाका व्यानर बोकिनुका साथै र नारा पनि लागेका थिए । उनीहरुले ‘लिपुलेक हाम्रो हो तर आरडीटी नराम्रो हो’ भन्ने आशयका ब्यानर पनि बोकेर माइतीघरमा आएका थिए । यसबाहेक अन्य दिनका जस्तै सरकारकाे विराेध गरिएका नारा अंकित प्लेकार्ड सहभागीले बाेकेका थिए भने सडकमा भाैतिक दूरी कायम गरेर प्रदर्शन गरिएको थियो । 

हुन त संविधान संशोधन प्रस्ताव पारित हुने दिन विरोध प्रदर्शन गर्न नहुने भन्दै विवाद पनि भएको थियो । सोही विवादका कारण आजको प्रदर्शन सोचेअनुरुप प्रभावकारी हुन नसकेको सहभागीहरुको भनाइ छ ।

कुनैपनि पार्टीको नाम नलिई फेसबुकमा बनेको क्लोज ग्रुपबाट सञ्चालित युवाहरुको भनिएको यो आन्दोलनमा ‘घुसपैठ’ दावीसहित शुक्रबारदेखि नै आरोप–प्रत्यारोप सुरु भएको थियो ।  सोही आरोप प्रत्यारोपका बीच ग्रुपभित्र ‘भोलिको विरोध प्रदर्शन बन्द गरौं’ अर्थात् #StopProtestTomorrow ह्यासट्याग निकै चर्चित भएको थियो । 

आज हुने संविधान संशोधनको पक्षमा नेपालका सबै राजनीतिक दलहरु एकमत छन् । यस्तो अवस्थामा स्वतन्त्र समूहको नामबाट विरोध प्रदर्शन गरिनु व्यवहारिक नभएको धेरैको तर्क छ । 

कोरोनाभाइरस नियन्त्रणमा सरकारले गरेको १० अर्बमा भ्रष्टाचार भएको आन्दोलनकारीको दावी छ ।  यस्तै सबै नागरिकको पीसीआर परीक्षण गरिनुपर्ने, क्वारेन्टिइनहरुको व्यवस्थापन विश्व संगठनको मापदण्ड अनुसार हुनुपर्ने  जस्ता मुख्य माग उनीहरुको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप