बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हवाई भाडा महँगो भएको भन्दै एनआरएनए युएईको विरोध

शनिबार, ३१ जेठ २०७७, ११ : ४०
शनिबार, ३१ जेठ २०७७

 युएई। गैरआवासीय नेपाली संघ(एनआरएनए)युएईले कोरोना भाइरस(कोभिड-१९) का कारण युएईमा अलपत्र परेका नेपालीको उद्वारको लागि सरकारले तय गरेको चार्टर उडानको भाडादर महँगो भएको भन्दै विरोध गरेको छ।

एनआरएनए युएईले एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

अध्यक्ष प्रकाश कोइरालाको हस्ताक्षर सहितको उक्त विज्ञप्तिमा सरकारले युएईको लागि तोकेको हवाई भाडादर पुनर्विचार गर्न समेत माग गरिएको छ।

विज्ञप्तिमा कोभिड -१९ का कारण विदेशमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई सरकारले नेपाल फर्काउन गरेको कदम सरहानीय भएपनि समस्यामा परेका नेपालीले महँगाे भाडा तिर्न नसक्ने उल्लेख छ ।

 एनआरएनए युएईले ६० दिनदेखि समस्यामा परेका करिव ६ हजार नेपालीलाई राहत बाड्दै आएको स्मरण गराउँदै यस आकडाले युएईमा रहेका नेपालीहरुको आर्थिक अवस्था छर्लङ्ग हुने विज्ञप्तिमा उल्लेख छ ।

 यस विषम परिस्थितिमा सरकारले कल्याणकारी कोष र अन्य बजेट निकासा गरि सहयोग गर्नुपर्ने एनआरएनए युएईको माग छ ।

संघले युएईबाट हुने चार्टर उडान प्रतिब्यक्ति भाडादर ५ सय अमेरिकी डलर र संशोधित ४ सय ५० अमेरिकी तोकिनु खेदपूर्ण रहेको बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप