शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साढे चार करोडको लगानीमा नेपाली व्यवसायीले खोले जापानमा रेस्टुरेन्ट

शुक्रबार, ३० जेठ २०७७, १५ : ३२
शुक्रबार, ३० जेठ २०७७

काठमाडौं – जापानमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायी केशब अधिकारीले चार करोड ५० लाख लगानीमा नेपाली रेस्टुरेन्ट सञ्चालन गरेका छन् । 

जापानस्थित कामाता स्टेशनबाट करिब ३ मिनेटको पैदल दुरीमा रहेको रेस्टुरेन्टको नाम ‘चौतारो’ राखिएको सञ्चालक अधिकारीले जानकारी दिए । रेस्टुरेन्ट यही जुन १५ बाट सञ्चालनमा आउने भएको छ ।  

रेस्टुरेन्टलाई नेपाली कला र संस्कृति झल्किने गरी सजाइएको छ । झट्ट हेर्दा नेपाली म्युजियम जस्तो देखिने उक्त रेस्टुरेन्टमा नेपाली टिपिकल खाना र नास्ताको स्वाद लिन सकिने सञ्चालक अधिकारीले जानकारी दिए ।
 
यसैगरी, रेस्टुरेन्टमा क्यबिनसहित २५० जना अट्न सक्ने क्षमताको रहेको छ । 

विशेषगरी नेपाली ग्राहकलाई लक्षित गरी निर्माण गरिएको उक्त रेस्टुरेन्टमा सुपथ मूल्यमा खसीको मासु, चामल लगायत खाद्य बस्तु किन्न सक्ने व्यवस्था समेत रहेको छ । त्यसैगरी नेपालीहरुको हकमा निःशुल्क रेमिट्यान्स सुविधा रहेको पनि व्यवसायी अधिकारीले जानकारी दिए । 

सञ्चालक अधिकारीले  मासिक १ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखेका छन् । चौतारोले एउटै छाना मुनी विभिन्न  नेपाली परिकारहरुको स्वादसहित नेपाली कला र सँस्कृतिलाई छहारी दिने अर्थ बोकेको पनि अधिकारीले जानकारी दिए । 

व्यवसायी अधिकारी जापानमा सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका छन् । उनी धादिङका स्थायी निवासी हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप