शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ह्याम्समा भयो कोभिड–१९ विरामीको सफल उपचार, आज भए डिस्चार्ज

शुक्रबार, ३० जेठ २०७७, १४ : ३४
शुक्रबार, ३० जेठ २०७७

काठमाडौं– धुम्बाराहिस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड  सर्जरी (ह्याम्स) ले कोभिड १९ विरामीको सफल उपचार गरेको छ । 

कास्की जिल्लाका ६० वर्षिय पुरुष उपचारका लागि पोखराबाट हेलिकोप्टरमा उद्धार गरि गत जेठ २० गते यस अस्पतालमा भर्ना भएका थिए । नेपालमा पहिलो पटक कोभिड १९ संक्रमित विरामीको  भेन्टिलेटरमा राखेर सफल उंंपचार गरि आज जेठ  ३० गते डिस्चार्ज गरिएको जानकारी ह्याम्सले गराएको छ ।

अस्पतालको अत्याधुनिक सघन उपचार कक्ष (आइसीयु) मा भेन्टिलेटरमा राखेर उनको उपचारमा तल्लिन सम्पुर्ण चिकित्सक, नर्स लगायत प्यारामेडिक्सका साथै व्यवस्थापनमा संलग्न चुस्त दुरुस्त व्यवस्थापकीय टिमको सहयोग, सहकार्य र समन्वयका कारण उपचार गर्न सफल भएकोमा गौरवान्वित भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

यस अस्पतालको सेवालाई विश्वास गरि उपचार गराउन मन्जुरी दिने विरामी र परिवार प्रति पनि अस्पतालले आभार प्रकट गरेको छ । उपचारका क्रममा अहोरात्र खटिएका कर्मचारी प्रति पनि अस्पतालले धन्यवाद व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एवं नेपाल सरकारको मापदण्डमा रहेर कोभिड १९ संक्रमितको उपचार गरिएको अस्पतालले जनाएको छ । कोभिड १९ का साथै अन्य समस्या देखा परेका सम्पूर्ण विरामीको उपचार गर्नु सबैको दायित्व भएको महसुस गरेको र अहिलेको विषम परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रवाह गर्ने दायित्व प्रति निरन्तर रुपमा  प्रतिबद्ध रहेको अस्पतालले जनाएको छ । 

यस अस्पतालमा सेवा लिन चाहने सेवाग्राहिका साथै सम्पूर्ण जनमानसलाई निर्धक्क भएर सेवा लिन अस्पतालले आव्हान पनि गरेको छ । भविष्यमा कोभिड १९ को साथै अन्य विरामीको लागि पनि विभिन्न सेवाहरु सुचारु रहेको आम जनसमुदायमा जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप