लकडाउनका बीच बुटवलमा सरकारविरुद्ध युवाहरु सडकमा, २५ तस्बिरमा हेर्नुहोस्
लकडाउनका बीच प्रदेश नम्बर ५ को रुपन्देहीस्थित बुटवलमा युवाहरुले शुक्रबार सरकारविरोधी प्रदर्शन गरेका छन् ।
मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुले सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरेका हुन् ।
केहीदिन यता सामाजिक सञ्जालमार्फत आह्वान भइ स्वतस्फूर्तरुपमा भेला भएर युवाहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । सोही अनुसार शुक्रबार बुटवलमा पनि प्रदर्शन भएको हो ।
प्रदर्शनकारीले कोरोना नियन्त्रणमा भएको१० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने, सबै नागरिकको पीसीआर टेष्ट अनिवार्य गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् ।
लकडाउनकै क्रममा भएको यस्तो प्रदर्शनले कोरोनाको जोखिम बढ्नसक्ने भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्दै आएका छन् । यद्यपी यो प्रदर्शनका कारण एक खालकाे तरंग भने पैदा भएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार