त्रिशुलले हानेर पश्चिम दाङमा एक जनाको हत्या
शुक्रबार, ३० जेठ २०७७, १० : २९
पश्चिम दाङमा त्रिशुल प्रहारबाट एक व्यक्तिको हत्या गरिएको छ । बबई गाउँपालिका–३ धनुमास निवासी २८ बर्षका बालीराम वलीले सोही ठाउँ निवासी ४७ बर्षका नारायण डाँगीलाई फलामको त्रिशुलले हानेर हत्या गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार त्रिशुल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर लग्दै गर्दा बाटोमा मृत्यु भएको हो । घटना आज बिहान सवा ७ बजे भएको थियो ।
हत्याको आरोप लागेका वली पनि घाइते भएको र उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । वलीको प्रहरीको निगरानीमा उपचार भइरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा वैशाख महिनामा मात्रै आगलागीका ४२१ घटना, पाँच जनाको मृत्यु
-
जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
-
सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति
-
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न
-
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
-
विचाराधीन मुद्दा मिलाइदिन्छु भनेर २३ लाख ठगेको आरोपमा युवक पक्राउ