नेपाल सरकारले तोकेको भाडादर भन्दा सस्तोमा ओमान दूतावासले अलपत्र नेपाली स्वदेश फर्काउँदै
युएई। मलेसिया लगायत खाडी मुलुकमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा अति महँगो भएको भन्दै ओमानस्थित नेपाली दूतावासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउन लागेको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।
ओमनस्थित नेपाली दूतावासको उच्च श्रोत अनुसार सरकारले तोकेको ५१० अमेरिकी डलर अर्थात करिब ६२ हजार रुपैयाँ धेरै महंगो भयो, पीडितहरुले यति महँगो भाडा तिर्न सक्दैनन्।
स्रोतले भने, त्यसैले हामीले २९९ अमेरिकी डलर अर्थात करिब ३४ हजार नेपाली रुपैयाँमा नै ओमानबाट स्वदेश फर्काउने निर्णय गरेका छौं।
श्रोतका अनुसार यहाँबाट स्वदेश फर्कनेले ११५ रियलभन्दा बढी तिर्नुपर्दैन ।
नेपाल सरकारको सूची अनुसार ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर अर्थात करिब ६२ हजार रुपैयाँ भाडा तिर्नुपर्ने उल्लेख गरिएको थियो।ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’