मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कुवेतबाट उद्धार भएका नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (तस्बिरहरु)

बिहीबार, २९ जेठ २०७७, १४ : ३४
बिहीबार, २९ जेठ २०७७

काठमाडौं । कुवेतबाट उद्धार गरेर ल्याइएका नेपाली महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट होल्डिङ स्टेशनरितर लैजाने तयारी गरिएको छ । 

कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका उनीहरुले कुवेत सरकारले नै जहाजको व्यवस्था गरेर नेपाल आउने व्यवस्था  मिलाएको थियो । 

कुवेतमा अलपत्र उनीहरुमध्ये १५० नेपाली काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवेन्द्र केसीले १५० नेपाली बिहीबार विहान अवतरण भएको जानकारी दिए । आजै अर्को उडानमार्फत पनि कुवेतबाट नेपाली आउने तय भएको छ । 

नेपाल आइपुगेकाहरुलाई सेनाको १ वटा र ८ वटा साझा बसमा होल्डिङ स्टेशनमा लगिने छ । त्यहाँबाट आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित प्रदेशमा पठाइनेछ । 

कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । अन्यलाई क्रमशः नेपाल फर्काइने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप