शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कुवेतबाट काठमाडौं आइपुगे १५० नेपाली

बिहीबार, २९ जेठ २०७७, १३ : ५३
बिहीबार, २९ जेठ २०७७

काठमाडौँ – कुवेतमा अलपत्र परेकामध्ये १५० नेपाली बिहीबार काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवेन्द्र केसीले १५० नेपाली बिहीबार विहान अवतरण भएको जानकारी दिए । आजै अर्को उडानमार्फत पनि कुवेतबाट नेपाली आउने तय भएको छ । उनीहरुलाई कुवेत सरकारले नै काठमाडौंसम्म ल्याइदिएको हो ।

उनीहरु बुधबार नै आउने भनिएपनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि आजका लागि सारिएको थियो । 


कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । अन्यलाई क्रमशः नेपाल फर्काइने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप