शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देही सामूहिक हत्याकाण्डः सिञ्जालीलाई अदालतबाट १ हप्ताको म्याद थप

बुधबार, २८ जेठ २०७७, १९ : ३३
बुधबार, २८ जेठ २०७७

बुटवल । रूपन्देहीको तिलोत्तमा मंगलबार भएको ५ जनाको सामूहिक हत्याकान्डका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ  । तिलोत्तमा १० मैनहियास्थित कृष्णबहादुर पुनको गंगादेवी कृषि फर्ममा ५ जनाको हत्या गर्ने अभियुक्त ३२ बर्षीय झसेन्द्र सिञ्जालीलाई आज ईलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरिएको हो ।

पुनको फर्ममा कार्यरत ३ जना र स्थानीय २ जना गरी ५ जनाको हत्या गरेको आरोपमा उनी मंगलबारै पक्राउ परेका थिए । सुर्खेतको लेखबेसी नगरपालिका ५ नेटाका सिञ्जालीलाई  जिल्ला अदालत रुपन्देहीबाट कर्तब्य ज्यान मुद्दामा १ हप्ता म्याद थप गरिएको प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिए । उनलाई फर्ममा काम गर्ने रूपन्देहीकै सैनामैना ५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने रमेश भन्ने पोषराज मुसहर, स्थानीय करुण चौधरी र आशिष चौधरीको हत्या आरोपमा पक्राउ गरिएको हो  । ५ जनाको हत्या गरेपछि फार्मको भुसमा लुकेर बसेका उनलाई केही घण्टापछि प्रहरीले फेला पारेको थियो ।

अभियुक्त सिञ्जालीले हत्या गरिएका ५ जनाबाट विगत देखिनै आफ्नो चरित्र हत्या गर्ने गरेको र मानसिक रुपमा चोट पुर्याउँदै आएकोले आक्रमण गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । उनले हत्याको क्रममा पहिले लाठी प्रयोग गरी अचेत बनाएको र फरुवाले हानेर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । साथै अभियुक्तले केही दिन अगाडी मुसा मार्ने विष समेत किनेको खुलासा भएको प्रहरीको भनाई छ ।  प्रहरीले मृतकको शरीरबाट निस्किएको रगत, फरुवा र लाठी विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको जानकारी दिएको छ ।

मृतकहरुको शवलाई  आज दिउँसो पोष्ट माटमपछि परिवारको जिम्मा लगाइएको छ । सुरुमा मृतकका परिवारले शव बुझ्न इन्कार गरेपनि राहत दिने सहमति भएपछि पोष्टमार्टम गर्न दिने सहमित भएको थियो । घटना बिषयमा अन्य कोणबाट पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।  एसएसपी बैदावरले भने- ‘हामी घटनाको अनेक कोणबाट अनुसन्धान गरिरहेका छौं, छिट्टै पूर्ण नतिजा आउँछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप