बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुवेतबाट बुधबार हुने भनिएको फ्लाइट स्थगित

बुधबार, २८ जेठ २०७७, १७ : ५५
बुधबार, २८ जेठ २०७७

युएई । आज बुधावार कुवेतबाट उड्ने भनिएको फ्लाइट स्थगित भएको छ। कुवेतबाट आममाफी पाएका ३ सय नेपालीहरू लिएर आज बुधबार नेपाल लैजाने भनेको दुईवटै जहाज भोलि (बिहिबार) मात्रै उड्ने भएको हो।

आममाफी पाएका नेपालीलाई बुधबार जजिरा एयरवेजको दुईवटा फ्लाईटमार्फत स्वदेश पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले रातोपाटीलाई  जानकारी गराएका थिए।

सो उडान बुधबार हुन नसक्नुको प्रष्ट कारण नखुलाइए पनि स्वास्थ्य सम्वन्धि अवरोध भन्दै फ्लाइट रद्द भएको जानकारी आएको छ। 

कुवेत सरकारले आफ्नो जहाजमार्फत निः शुल्क नेपाल फर्काउन लागेको दूतावासले जनाएको छ।

अन्य देशका नागरिक आफ्नो देश फर्किसकेको भए पनि गएको अप्रिलदेखि आममाफीमा सहभागी भएका नेपालीहरु भने कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेका  छन्।

घरफिर्ती केन्द्रमा रहेका २ हजार ९९१ जनाको सूची कुवेतस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई बुझाएको भएपनि  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीएमसी) ले तीन सय जनाको सूची फाइनल गरेर तत्काल उद्दार गर्ने निर्णय गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप