शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओमनबाट १ सय ८० नेपाली स्वदेश फर्कदै

बुधबार, २८ जेठ २०७७, १५ : ३७
बुधबार, २८ जेठ २०७७

युएई।खाडी मुलुक अन्तर्गत ओमानबाट नेपाल सरकारको प्राथमिकतामा परेका मध्यबाट १ सय ८० जना नेपाली स्वदेश फर्किने भएका छन्।

सलाम एअर मार्फत उनीहरुलाई जुन १५ अर्थात असार १ गते नेपाल फर्काउन लागिएको ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले रातोपाटीलाई बताइन्। राजदूत ढकालका अनुसार पहिलो फ्लाइट मार्फत १ सय ८० पीडित नेपाली स्वदेश फर्कने छन् भने अन्य फ्लाइटहरु क्रमशः हुने बताइन्।

नेपाल सरकारको मापदण्ड अनुसार नेपाल फर्कन चाहने नेपालीको साथमा एक हप्ता अघि कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतावासले त्यस उडानमार्फत नेपाल फर्कन चाहने नेपालीलाई दूतावासले तोकेको वा आफूलाई पायक पर्ने ठाउँमा पीसीआर जाँच गराउन समेत अनुरोध गरेको छ।

कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि हवाई टिकटका लागि सलाम एअरको कलसेन्टर २४२७२२२२ मा सम्पर्क गर्न दूतावास मस्कटले अनुरोध गरेको छ।पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल गएर होल्डिङ सेन्टरमा बस्न नपर्ने, उनीहरु सिधै घर गई होम क्वारेन्टिनमा बस्न सक्ने दूतावासले जनाएको छ ।

नेपाल फर्कने नेपालीका लागि हवाई टिकट शुल्क ११५ ओमानी रियाल अर्थात करिव ३६ हजार रुपैयाँ तिर्नु पर्ने दूतावास मस्कटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्रालयले कोरोनाको कारण खाडी मुलुक लगायत अन्य ३० देशमा अलपत्र परेका २४ हजार १ सय ४८ जना नेपालीलाई पहिलो चरणमा घर फर्काउने अभियान अन्तर्गत ओमानबाट ६ सय ५६ जना स्वदेश फर्कने सूचीमा परेका थिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप