शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतारमासंगै काम गरेका मृगौला पिडित सवितालाई आर्थिक सहयोग हस्तान्तरण

बुधबार, २१ भदौ २०७४, २१ : ३८
बुधबार, २१ भदौ २०७४

रुद्र शर्मा  
 कतार – कतारको अल तामिज क्लिनिक कम्पनीमा काम गर्दै आएकी मृगौला  पिडित सबिता नेपालीलाइ सोहि कम्पनीमा कार्यरत आफन्तहरुले आर्थिक संकलन गरि १ लाख ९० हजार ३ सय रुपयाँ पिडित सबिता परिवारलार्इ नै हस्तान्तरण गरेका छन् । 
पिडित सबिता शंखरपुर नगरपालिका वार्ड न.९ काठमाडौं निबासी हुन् ।  पारिवारिक स्थिति अत्यन्तै नाजुक भएको कारण बिगत ५ बर्षदेखि कतार स्थित अल तामिज क्लिनिक कम्पनिमा कार्यरत उनलाई करिब २ महिना पहिले सबितालार्इ क्यान्सर रोग लागेको थाहा पाएका थिए ।

त्यसपछि ४५ दिन जति कतारको हामद अस्पतालमा उपाचार गराउदै आएकी थिइन् । उपाचारको क्रममा उसलाई हमाद अस्पताल रिफर गरे पश्चात २ हप्ता पहिले नेपाल गएर ओम अस्पताल उपाचार गराउदै छिन ।

 दुवै मृगौलाले काम नगरेको हुँदा प्रत्येक २ दिनको फरकमा डाइलोसिस गरिरहेकी छन् । मृगौला प्रत्यारोपण गर्नको लागि करिब १० लाख रुपयाँ खर्च लाग्ने अनुमानित गरिएको पारीवार पक्षले बताएका छन् । 

करिब ३२ बर्षिया सबिताका एक नाहबालक छोरा छन् कतार आउनु अगाबै श्रीमानले दोश्रो विबाह गरेका थिए । पारिवारिक स्थिति नाजुक भएको कारण आफ्नो नहाबालकलाइ पालन पोषणको निमित्त कतार आईकी थिईन । श्रीमानले दोश्रो बिबाह गरे पश्चात सबितालाई कुनै पनि तरहबाट हेरेका छैनन् ।    पिडित नेपालीको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको कारण निजलाई स्वेच्छाले आर्थिक सहयोग गरिदिन समेत  पिडित तथा आफन्तले अपिल गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप