दूतावासले गर्यो समाचारको खण्डन, युएईबाट नेपाल फर्कनेको संख्या १७ हजार ३ सय ७५
युएई । यूएईमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गरेर ल्याउने नेपालीको सङ्ख्या जम्मा ४ सय १० मात्र नभएको नेपाली दूतावास युएईले जनाएको छ। यसअघि बिभिन्न सञ्चारमाध्यमबाट पहिलो चरणमा ४ सय १० जनालाई नेपाल फर्काउने भन्ने समाचार गलत रहेको प्रस्ट पार्दैै दूतावासले ती समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ। यूएईबाट स्वदेश फर्काउनुपर्ने नेपालीको सङ्ख्या १७ हजार ३ सय ७५ रहेको दूतावासले जनाएको छ।
दूतावास श्रोतकाअनुसार उक्त संख्या बढेर हाल २७ हजारको हाराहारी पुगेको छ । दूतावासले पहिलो दुई उडानका लागि गरिएको सूची तय भएको समेत जनाएको छ। सोमबार परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई उपलब्ध गराएको सूचीमा यूएईबाट उद्धार गर्नुपर्ने नेपालीको सङ्ख्या ४ सय १० जना उल्लेख गरिएको थियो । तर यो सङ्ख्या दुई उडानका लागि तय भएको सूची भएपनि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्चालमा यूएईबाट उद्धार गरिने नेपालीको सङ्ख्याबारे टिकाटिप्पणी भएपछि दूतावासले स्पष्ट पारेको हो ।
दूतावासले यूएईमा समस्यामा पर्ने नेपालीको अनलाइन माध्यमबाट विवरण सङ्कलन गरिरहेको छ। यो क्रम अहिले पनि जारी रहेकाले फर्कन सक्ने नेपालीको सङ्ख्या बढ्न सक्ने दूतावासको अनुमान छ। गत ५ तारिकमा (शुक्रबार) १६८ नेपाली र एक शव नेपाल ल्याइएको छ। बुधबार यूएईबाट उडान हुने भनिएपनि अन्तिममा सीसीएमसीले प्राविधिक कुरा नमिलेको भन्दै यूएईबाट हुने उडान रद्द गरेको छ । पहिलो चरणमा खाडी मुलुकसहित ३० देशका २४ हजार १४८ नेपलीको उद्धार गर्नुपर्ने विवरण विभिन्न देशमा रहेका नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण