बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विश्व प्रसिद्ध लिङलङ टायर नेपाली बजारमा

मङ्गलबार, २७ जेठ २०७७, १७ : ४२
मङ्गलबार, २७ जेठ २०७७

काठमाडौं– विश्व प्रसिद्ध कम्पनी लिङलङ ब्राण्डका टायर नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा डेल्टा डिष्ट्रिब्यूटर्स प्रालिले लिङलङ टायर बिक्री–वितरण गर्ने भएको छ । 

सोमबार एक कार्यक्रमका बीच सो टायरको औपचारिक रुपमा उद्घाटन गरिएको छ । केही महिना पहिले नै डेल्टा डिष्ट्रिब्यूटर्स आधिकारिक वितरकको रुपमा तोकिएको भए तापनि लकडाउनका कारण हाल टायर नेपाल आइपुगेको हो । 

सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनी मध्ये एक हो । चीन र थाइल्याण्डमा यसका उत्पादन प्लान्टहरु रहेका छन् । विश्वका १ सय ८० देशहरुमा यी टायर बिक्री–वितरण हुन्छन् । विश्वमा अत्यधिक बिक्री हुने १० टायर कम्पनी मध्ये लिङलङ पनि पर्छ । 

डेल्टा डिष्ट्रिब्यूटर्सले पहिलो चरणमा कार तथा ट्रक बस सेगमेन्टमा प्रयोग हुने टायर बिक्री–वितरण गर्ने जानकारी निर्देशक बिक्रम सिंघानियाले दिए । नेपाली सडक सुहाउँदो टायर भएकाले यसले राम्रो बजार हिस्सा लिने विश्वास लिइएको निर्देशक सिंघानियाले बताए । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप