शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री गुरुङको निर्देशनमा लकडाउनका बीच ६७ बालबालिकाको उद्धार

मङ्गलबार, २७ जेठ २०७७, १५ : ४१
मङ्गलबार, २७ जेठ २०७७

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट दुई दर्जन बढि बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषदको नेतृत्वमा ज्येष्ठ २६ गते अपरान्ह काठमाडौंको ठमेल, पुरानो बसपार्क र चावहिल चुच्चेपाटीमा बेवारिसे अवस्था भेटिएका २५ जना बालबालिकालाई उद्धार गरी पुनर्स्थापना केन्द्रमा व्यवस्थापन गरिएको हो ।

लकडाउनका बेला सामाजिक सञ्जालहरुमा काठमाडौंका विभिन्न स्थानमा सडक बालबालिका वेवारिसे अवस्थामा भेटिएको उल्लेख भएलगत्तै उनीहरुको तत्काल उद्धार गरी व्यवस्थापन गर्न महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री पार्वत गुरुङले परिषदलाई निर्देशन दिएका थिए ।

मन्त्री गुरुङको निर्देशन आएलगत्तै बालबालिका खोजतलास समन्वय केन्द्रसँगको समन्वयमा ठमेल क्षेत्रबाट १७ जना, पूरानो बसपार्कबाट ३ जना, चावहिल चुच्चेपाटीबाट ५ जनाको उद्धार परी पुनस्र्थापना केन्द्रहरुमा संरक्षणको उचित व्यवस्था मिलाइएको परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए ।

उद्धार गरिएका सबै बालिबालिकाहरुको कोरोना परीक्षणको पनि व्यवस्था मिलाइएको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए । केन्द्रका डिएसपी रमेशबहादुर सिंहकाअनुसार लकडाउनका बेला बालबालिका सडकमा आउन नदिन उच्च सतर्कता अपनाइएको छ । 

मन्त्री गुरुङको प्रत्यक्ष निर्देशनमा लकडाउनको अवधिमा काठमाडौंं उपत्यकाभित्र ३५ जना र उपत्यकाबाहिर ३२ जना गरी ६७ जना सडक बालबालिकाको उद्धारी गरी संरक्षणको व्यवस्था मिलाइएको परिषदले जनाएको छ । सरकारले २०७३ साल बैशाखबाट ‘सडक मुक्त बालबालिका’अभियान अन्तरगत सडक बालबालिकाको उद्धार र व्यवस्थापनको काम सुरु गरेको हो । हालसम्म १२६८ बालक र १९० जना बालिका गरी १४७६ जनाको उद्धार गरी संरक्षणको उचित व्यवस्था मिलाइएको पनि परिषदका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए । 

यसैबीच,मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी वाबालबालिका खोज तलास समन्वय केन्द्रको निःशुल्क हटलाईन सेवा १०४ मा सम्पर्क गरी उनीहरुको उद्धार र संरक्षणका लागि आवश्यक सहयोग गर्न हुन सबैलाई पुनः अनुरोध गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप