भारतीय अतिक्रमणलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र
–सुरज भण्डारी
टेक्सस । भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका लागि राजदूत रहेकी केलीलाई ज्ञापनपत्र बुझाउँदा त्यसले विशेष महत्व राख्ने सङ्घको बुझाइ छ । नेपालले हालै सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्सा समेत समावेश गरी सङ्घले राजदूत केलीलाई ज्ञापनपत्र बुझाएको एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिए ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि भएको भनी प्रमाणित गर्ने आधारसहितका विभिन्न कागजातका कपीहरु र विगतमा नेपालले प्रचलनमा ल्याएको लिम्पियाधुरासमेत समावेश रहेको नक्सा अङ्कित रु एक सिक्काको कपीसमेत ज्ञापनपत्रमा संलग्न गराइएको क्षेत्रीय संयोजक त्रिपाठीले बताए ।
साथै राजदूत केलीको राजनीतिक सल्लाहकारसँगसमेत अनलाइनल माध्यममार्फत अन्तक्र्रिया गरिएको त्रिपाठीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली
-
डा. गीता त्रिपाठीका तीन कविता
-
नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली