शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको लडाइँ मैले ‘भरुवा बन्दुक’ ले जितेँ :  धुर्कोट पालिका प्रमुख

मङ्गलबार, २७ जेठ २०७७, ११ : ३३
मङ्गलबार, २७ जेठ २०७७

गुल्मी । ‘विश्वलाई नै आक्रान्त पारिरहेको कोरोनाभाइरसविरुद्धको युद्धलाई एउटा सामान्य भरुवा बन्दुकले जितेको महशुस गरेको छु,’ कोरोना संक्रमणबाट विजयी हासिल गरेका धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल भन्छन् ।

१४ दिनसम्म घरमै आइसोलेशनमा बसेका उनी दुई दिनअघि मात्र कोरोनासंक्रमणबाट मुक्त भएका हुन् । पोखरेलले आइतबार सबै जनप्रतिनिधी र कर्मचारीहरुलाई बोलाएर सार्वाजानिक दुरी कायम गर्दै आफूलाई पुर्याएको सहयोग र सद्भावका लागि धन्यवाद दिए ।

‘कोरोनाको लडाइँमा यो मेरो मात्र जीन होइन सिङ्गाो धुर्कोटवासीको जीत हो,’ उनले भने, ‘यसलाई परास्त गर्ने एउटै मात्र औषधी पहिलो कुरा  उच्च  मनोबल हो, दोश्रो कुरा सामाजिक सद्भाव र तेश्रो कुरा सन्तुलित खानपान हो ।’

उनले  थपे–‘ कोरोना लाग्यो भन्दैमा धेरै  आत्तिनु पर्दैन, सुत्केरी महिला , मुटु रोगी , दीर्घ रोगी र वृद्धबृद्धाबाहेक हामी जस्ता  युवाहरुका लागि कोरोना रुघा खोकीभन्दा ठूलो संक्रमण मलाई लागेन ।’

उनले  १४  दिनसम्म  बेसार पानी, हरेक दिन विहान र साँझ दुई–दुई गिलास तातो दुध, तातो पानी, तुल्सीका पातलगायतका जडीबुटी खाने गरेको पनि बताए ।

काममा फर्किएका उनले वडाध्यक्ष र कर्मचारीहरुलाई एक हप्ता भित्रमा बजेटको खाका कोर्न निर्देशन समेत थिए ।

उनले अझै एक हप्ता बाहिर ननिस्कीने र फोनमार्फत बाहिरबाट आउने धुर्कोटवासीको क्वारेन्टिन व्यवस्थापन आरडिटी र पिसिआर परीक्षण लगायतको जिम्मेवारी निभाउने बताए ।

संक्रमण सर्छ कि भनेर शुरु देखि नै सजह रहेको बताउने उनले आफैलाई कोरोना कहाँबाट स¥यो भन्ने कुरा थाहा नभएको बताए  ।   उनले  कोरोनाबिरुद्धको लकडाउनको कुनै अर्थ नरहेको र क्वारेन्टिन स्कुलमा राख्नुभन्दा पनि होमक्वारेन्टिन बढी सुरक्षित रहेको अनुभव सुनाए ।

पोखरेल प्रदेश ५ का सबै भन्दा कान्छा पालिका प्रमुख हुन् । उनी २७ वर्षको उमेरमा विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप