रुपन्देहीको तिलोत्तमामा ५ जनाको सामुहिक हत्या
बुटवल जेठ २७ रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा ५ जनाको गत राति हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्क बहादुर खत्रीले हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। उनले हत्या किन/कसरी भएको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सुर्खेत बस्ने वर्ष ३१ को झसेन्द्र सिंजाली रहेको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए । धानुकले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको बताए ।
घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकहरुमा ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १८ वर्षीय पकलाल मुसहर, करण चौधरी र १७ वर्षीय आसिफ चौधरी रहेका छन् ।
उनीहरु गंगादेवी पशु फार्ममा काम गर्ने मजदुर रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक