शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व स्वास्थ्य संगठनको ब्राजिललाई अपिलः कोरोनाभाइरसको पारदर्शी आँकडा साझा गर्नुहोस्

मङ्गलबार, २७ जेठ २०७७, ०७ : ००
मङ्गलबार, २७ जेठ २०७७

विश्व स्वास्थ्य संगठनले ब्राजिललाई कोरोनाभाइरस संक्रमणको आँकडा जुटाउन र साझा गर्न अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठनले आँकडालाई पारदर्शी तरिकाले साझा गर्न पनि अपिल गरेको छ ।

ब्राजिल संसारको दोस्रो सर्वाधिक प्रभावित देश हो । ब्राजिलमा ६ लाख ९१ हजार बढि संक्रमित छन् । ब्राजिलमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ४० हजार बढी छ । यस्तै कोरोनाभाइरसको स्थिती सम्हाल्न नसकेको भन्दै ब्राजिलको निकै आलोचना पनि भइरहेको छ ।

 विश्व स्वास्थ्य संगठनका हेल्थ इमर्जेन्सी प्रमुखले पत्रकारसँगको कुराकानीमा नागरिकको सुरक्षाको दृष्टिकोणले यो आवश्यक भएको र यसका लागि पारदर्शीता अपनाउन र आँकडा साझा गर्न अपिल गरेका छन् ।

उनले भने, ‘नागरिकहरुले आखिर के भइरहेको छ भनेर थाहा पाउन आवश्यक छ । उनीहरुले यो पनि थाहा पाउनुपर्छ कि भाइरस कहाँ कति फैलिरहेको छ । उनीहरुले यो संक्रमणलाई कसरी सम्हाल्ने भनेर थाहा पाउन पनि आवश्यक छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप