शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मंगलबार कुन – कुन राशि भएकाहरुका लागि शुभ ?

मङ्गलबार, २७ जेठ २०७७, ०६ : ३८
मङ्गलबार, २७ जेठ २०७७

वि.सं.२०७७ साल जेठ २७ गते । मंगलबार । ईश्वी सन् २०२० जुन ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– चतुर्थी,४१ घडी १२ पला,बेलुकी ०९ बजेर ३८ मिनेट उप्रान्त पंचमी । नक्षत्र– उत्तराषाढा,२७ घडी ५५ पला,बेलुकी ०४ बजेर २० मिनेट उप्रान्त श्रवण । योग–ब्रम्ह,२२ घडी १४ पला,दिउसो ०२ बजेर ०३ मिनेट उप्रान्त ऐन्द्र । करण– बव,बिहान ०९ बजेर ४० मिनेट उप्रान्त बालव,बेलुकी ०९ बजेर ३८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३४ घडी २९ पला । मंगल चतुर्थी व्रत ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी वचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) महत्वपुर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेकोछ । कार्य क्षेत्रमा आउँने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पति पत्नीका साथ समय व्यातित हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अगाडी तपार्ईँको नाम आउदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउँनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्वन्धी पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेम प्रशङगमा एक अर्का वीच नजिक हुने तथा रमाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिद्यामा गरीएको लगानीबाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबै सँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परेको भान हुनेछ । छाती सम्वन्धी समस्याले नसताउँला भन्न सकिन्न । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रशङमा रमाउने चाहने हरुका लागी समय मध्ययम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ । आफूलाई मन पर्ने भौतिक सम्पती जोड्न पाउँदा मन हर्सित हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा परिवार कै सदस्यहरुबाट सहयोग नपाइने हुदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी विच अविश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । 


मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानिसँग सम्बन्धित कामहरुबाट मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुनेहुदा मन खुसी रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुनेछन्भने आफूसँग भएको शिप प्रयोग गरी आम्दानी बढाउँन सकिनेछ । सामाजिक काम गरी राज्यबाट पद प्रतिष्ठा पाउँने गतिलो योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप