शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको कोरोना महामारीको इपिसेन्टर न्यूयोर्क खुल्यो

सोमबार, २६ जेठ २०७७, २३ : १७
सोमबार, २६ जेठ २०७७

एजेन्सी । अमेरिकाको न्युयोर्क शहर लकडाउनपछि आज फेरि दोश्रोपटक(अमेरिकी समयअनुसार) खुल्दैछ । अमेरिकाको यो शहर कोराना महामारीको इपिसेन्टर हो । न्युओर्कमा मात्र २१ हजार जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् भने २ लाखभन्दा बढी संक्रमित भएका छन् । यो राज्यमा ४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३० हजार बढीले ज्यान गुमाएका छन्  । यसअघि पनि बीचमा लकडाउन खुकुलो बनाइएको थियो । तर परिस्थिति जटिल बन्दै गएपछि लकडाउन कडा बनाइएको थियो ।

यसअघि न्युयोर्क शहरको स्थिति निकै भयावह थियो । जहाँ प्रत्येक २० जना बराबर १ जना संक्रमणको चपेटामा परेका थिए । तर अहिले शहरको अवस्था निकै राम्रो हुदै गएको छ । तैपनि प्रतिदिन ५ सय संक्रमणका नयाँ केसहरु देखिइरहेका छन् । प्रत्येक मानिसहरु बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाएरै निस्कन्छन् र सामाजिक दुरी कायम राख्छन् । सोमबारदेखि निर्माण लगायतका क्षेत्रहरु खोलिएका छन् । यी क्षेत्रहरु खुलेपछि ४ लाख मानिसहरु काम फर्किने बीबीेसीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप