जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट
बर्लिन । जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलब ९ प्रतिशतले घटेको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्याँकमा उल्लेख छ ।
गत मार्चमा पनि जर्मनीको औद्योगिक उत्पादनमा ८.९ प्रतिशतले ह्रास आएको थियो । सन् १९९१ जनवरीपछि यति ठूलो परिमाणमा औद्योगिक उत्पादनमा पहिलोपटक ह्रास आएको जर्मनीको सरकारी तथ्याँक विभाग डेस्टाटिसले जनाएको छ ।
सन् २०१९ को अप्रिलको तुलनामा भने औद्योगिक उत्पादनमा २५.३ प्रतिशतले कमी आएको छ । विश्लेषकहरुले पूर्वानुमान गरेभन्दा अप्रिल महिनामा औसतमा १६ प्रतिशतले औद्योगिक उत्पादनमा ह्रास आएको हो । सवारी साधनको उत्पादनमा ७४.६ प्रतिशत घटेको भए पनि निर्माण क्षेत्रमा भने निकै सुधार भएको छ । यस क्षेत्रमा केवल ४.१ प्रतिशतले ह्रास आएको छ ।
विश्वभर कोरोनाभाइरसको महामारीका कारण ठूलो आर्थिक क्षति पुगेको छ तर जर्मनीले आफ्ना समकक्षी मुलुकको तुलनामा निकै प्रगति गरेको छ । यस वर्षको पहिला तीन महिनामा कूल आर्थिक उत्पादनमा २.२ प्रतिशतले मात्र ह्रास आएको अधिकारीहरुले बताएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा