शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘भुस्याहा कुकुर’ भन्दै रिसाइन् किम जोङ उनकी बहिनी, दक्षिण कोरियालाई दिइन् धम्की

सोमबार, २६ जेठ २०७७, ०९ : ३३
सोमबार, २६ जेठ २०७७

उत्तर कोरियाली नेता किम जोङ उन केहि दिन अघि निकै चर्चामा आए । उनको स्वास्थ्यबारे पनि अन्तर्राष्ट्रिय मिडियामा अत्यधिक अफवाह उड्यो । त्यतिबेला उनकी बहिनीको पनि चर्चा परिचर्चा चले । अब उनी एकपट पुनः चर्चामा आएकी छिन् । किमकी बहिनीले दक्षिण कोरियालाई धम्की दिएपछि उनको अभिव्यक्तिले चर्चा पाएको छ ।

वास्तवमा केहि दिन अघि यी दुई देशको सीमानामा उत्तर कोरिया विरोधी पर्चा फहराए, यतिबेला उत्तर कोरियाको विरोधमा ग्यास भरिएका बेलुनसमेत उडाइए । ती बेलुनमा किम जोङ उनबारे टिप्पणी गरिएको थियो । त्यसपछि उत्तर कोरिया रिसाएको छ र यसबारे असन्तुष्टि पोख्दै दक्षिण कोरियालाई धम्की दिएको छ ।

द गार्डियन’ को रिपोर्ट अनुसार किमकी बहिनी किम यो जोंगले दक्षिण कोरियाले पटक–पटक बहाना बनाउने गरेको र यदि यस्ता गतिविधीमाथि नियन्त्रण नगरे भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएकी छिन् ।

यतिमात्रै होइन, किम यो जोङले सन् २०१८ मा भएको सैन्य सम्झौता रद्द गरिदिने र सीमामा रहेको सम्पर्क कार्यालयलाई पनि बन्द गरिदिने धम्की दिएकी छिन् । सीमामा उत्तर कोरिया विरोधी गतिविधि जसले अपनाइरहेका छन्, तीमाथि कारवाही गर्न पनि दक्षिण कोरियाली सरकारलाई उनले निर्देशन दिएकी छिन् ।

File Photo

सरकारी मिडियामा प्रकाशित एक वक्तव्यमा उनले त्यस्ता क्रियाकलाप गर्नेलाई ‘भुस्याहा कुकुर’ को संज्ञा दिँदै उनीहरुले आफ्नो मातृभूमीलाई धोका दिएको बताएकी छिन् । उनले दक्षिण कोरियाको सरकारलाई इंगित गर्दै ‘अब उनीहरुका मालिकलाई अघि सार्ने बेला आएको’ बताएकी छिन् ।

दक्षिण कोरियाका युनिफिकेशन मिनिस्ट्रीका यो साङ्ग–कीले यस्ता समस्या निम्त्याउने क्रियाकलाप बन्द गर्न सरकारले कानूनी कारवाहीमा परिवर्तन ल्याउने बताएका छन् ।

यस्ता बेलुन अभियानले सीमा क्षेत्रमा बसोबास गर्ने जनताहरुको जीवन जोखिममा पारेको पनि बताएका छन् ।

रिपोर्टका अनुसार उत्तर कोरियासँग जोडिएको दक्षिण कोरियाको सीमामा थुप्रै पटक यस्ता बेलुन उडाइने गरिन्छ । यी बेलुनमार्फत् किम जोङ उनको विरोध गरिन्छ र उनीबारे विभिन्न टिकाटिप्पणी गरिन्छ । यसैमार्फत् किम जोङ उनको परमाणु कार्यक्रमको पनि विरोध भइसकेको छ ।

शक्तिशाली छिन् किम यो जोङः

उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङलाई देशको दोस्रो सर्वश्रेष्ठ व्यक्ति मानिन्छ । किम यो जोङले थुप्रै पटक देश बाहिर पनि उत्तर कोरियाको प्रतिनिधित्व गरिसकेकी छिन् ।

किम जोङ उनको देश र यसबारे संसारमा जुन छवि बनेको छ, त्यो तयार गर्नमा उनकी बहिनीको निकै योगदान भएको मानिन्छ । दक्षिण कोरियामा सन् २०१८ मा विन्टर ओलम्पिकका बेला किम यो जोङले उत्तर कोरियाको दलको प्रतिनिधित्व गरेकी थिइन् ।

उत्तर कोरियाको सैन्य अभ्यासका बेला जब दक्षिण कोरियाले विरोध गरेको थियो तब मार्चमा किम यो जोङले पहिलो पटक सार्वजनिक बयान जारी गर्दै दक्षिण कोरियाले ‘डराएको कुकुरले झैं भुकिरहेको’ बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप