शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनमा भएको युद्धविरामको पालना गर्न आग्रह संयुक्त राष्ट्रसंघको आग्रह

बुधबार, २१ भदौ २०७४, १८ : ४१
बुधबार, २१ भदौ २०७४

संयुक्त राष्ट्रसंघ – पूर्वी युक्रेनमा हालै भएको भनिएको युद्धविरामको पालना गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आग्रह गर्नु भएको छ । 

उहाँले गत हप्ता पूर्वी युक्रेनमा भएको सो युद्धविरामको सदुपयोग गरी तथा यसलाई गम्भीरतापूर्वक रुपमा लिएर लागूगर्न सकिएमा शान्तिवार्तका माध्यमबाटै सबै समस्याको समाधान आउने बताउनुभयो । 

बुधबार बिहान एक विज्ञप्ति प्रकाशन गरी उहाँले विभिन्न राजनीतिक पार्टीहरुलाई पनि हाल हिंसाको अन्त्यको लागि आधार बनिरहेको र युद्धविरामका माध्यमबाट नै समस्याको समाधान सहज हुने भएकोले सबैले सोच्नुपर्नेमा पनि जोड दिनुभएको हो । 

महासचिव गुटेरेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा सो कुरा बताइएको छ । उक्त वक्तव्यमा भनिएको छ ‘शान्ति स्थापनाका लागि यहाँका राजनीतिक दल र नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ, यसतर्फ सबैको ध्यान जाओस ।’ 

युक्रेनमा गत हप्ता नयाँ युद्धविरामको घोषणा गरिएको थियो । तर युद्धविरामको घोषणा भएसँगै सो क्षेत्रमा पुनः हमलाको समाचार भने आएका छन् । त्यसैले यस युद्धविरामको अवस्थालाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभएको हो । 

सो हमलाका कारण केही व्यक्ति घाइते भएका छन् । यस युद्धविरामका लागि फ्रान्स र जर्मनीका अधिकारीहरुले भूमिका निर्वाह गरिरहेका छन् । 
पूर्वी युक्रेनमा गएका केही वर्षदेखि पृथकतावादी नारा सुुरु भएको छ । युक्रेनबाट क्राइमिया भूभाग अलग भएर रसियामा बिलय भएपछि यहाँका नागरिकले पनि आत्मनिर्णयको अधिकारको माग गरेर सो हिंसात्मक आन्दोलन गरेका हुन् । 
तर युक्रेनले भने उक्त भूभागलाई कुनै पनि हालतमा अलग हुन नदिने अडान लिइआएको छ । जसका कारण त्यहाँ सशस्त्र विद्रोह सुरु भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप