बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

आइतबार, २५ जेठ २०७७, १९ : ०४
आइतबार, २५ जेठ २०७७

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या ४ लाख नाघेको छ । अमेरिकास्थित जन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमणबाट मर्नेको संख्या आइतबार अपरान्ह ४ लाख नाघेको हो । विश्वविद्यालयकाअनुसार विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २ सय ४३ पुगेको छ भने संक्रमितहरुको संख्या कूल ६९ लाख २३ हजार नाघेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका अघि छ । अमेरिकामा १ लाख ९ हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या १९ लाख २० हजार पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्यामा बेलायत दोश्रो स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ४० हजार ५ सय ४८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या २ लाख ८६ हजार पुगेको छ ।

त्यस्तै तेश्रोमा ब्राजिल छ, जहाँ ३५ हजार ९ सय ३० जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने ७२ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यसपछि संक्रमणका आधारमा रुस अघि आएको छ । रुसमा अहिलेसम्म ४ लाख ६७ हजारभन्दा बढी संक्रमित रहेका छन् भने ५ हजार ८ सय ५१ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितहरुको संख्याका आधारमा भारत पाँचौ स्थानमा आएको छ । भारतमा अहिलेसम्म २ लाख ४७ हजार जनामा संक्रमण पुष्टि भैसकेको छ भने ६ हजार ९ सय ५० जनाको मृत्यु भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप