बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किम जोङ उनको दयालु पक्ष, षड्यन्त्र रच्नेलाई दिए माफी

आइतबार, २५ जेठ २०७७, १५ : ०७
आइतबार, २५ जेठ २०७७

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नो शासनको विपक्षमा खडा हुनेमाथि हदैसम्मको कारबाही गर्ने गरेको इतिहास छ । आफूले शासन सुरु गरेको पहिलो ५ वर्षभित्र उनले ३ सय ४० जना विपक्षीलाई फाँसी दिएको बताइन्छ, यसमध्ये १ सय ४० जना वरिष्ठ सरकारी अधिकारी दिए । 

वर्तमान समय धेरैजना इतिहास फेरि दोहोरिने भयमा छन् किनकी गत अप्रिल र मेइमा किम बेपत्ता हुनेको उद्देश्य आफ्नो भित्री सर्कलका मानिसहरुको बफादारीताको चेकजाँच गर्नु हो पनि भनिएको छ ।

उत्तर कोरियाबारे वास्तविक सूचना कमैमात्र बाहिर आउँछ र त्यो पनि त्यहाँका विद्रोहीहरुमार्फत ।  यसरी नै उत्तर कोरियाबाट भोगका व्यक्ति हुन्, केन्जी फुजीमोटो । यी व्यक्ति १९८८ देखि २००१ सम्म  तत्कालीन उत्तर कोरियाली शीर्ष नेता किम जोङ इलका सुसी सेफ थिए । 

अस्थिर सम्बन्ध र फरक उमेरका बाबजुद वर्तमान शीर्ष नेता किम जोङ उन र केन्जीबीच अचम्मको मित्रता  गहिरियो । 

उत्तर कोरियाको सम्भ्रात परिवारमा काम थाल्दा केन्जीको उमेर ४१ वर्षको थियो, अनि किम ७ वर्षका फुच्चे थिए । केन्जीले उत्तर कोरिया छाड्दा किम १८ वर्षका भइसकेका थिए । 

जब पहिलोपटक भविष्यका शासक किमलाई केन्जीले देखेका थिए, तब उनलाई यी राजकुमारले रिसाएर क्रुर आँखाले हेरेजस्तो लाग्याें । केन्जीलाई लाग्थ्यों कि आफू कोरियन नभएका कारण उनले यसरी घुरेर हेरेका हुन् । 

आफ्नो संस्मरण पुस्तकमा उनले लेखेका छन्, ‘म किम जोङ इलको कुक थिएँ । जोङ उन आफ्नो बाबुको उत्तराधिकारी हुन्, सबैले यस्तै भन्थे । जब यी व्यक्तिले मसँग हात मिलाउथ्यें तब उनी मलाई डरलाग्दो रुपले हेर्थे । मलाई लाग्थ्यों कि सायद उनले सोचिरहेका छन्, यो व्यक्ति घृणित जापानी हो ।’

;समाचार अनुसार २००१ मा यी सेफले उत्तर कोरियाबाट भाग्ने योजना बनाएका थिए, किम जोङ इलले सामान किन्न विदेश पठाएका बेला झुक्याएर भाग्ने उनको योजना थियो । 

उनले एकपटक जापानी टेलिभिजन शोमा देखाइएको सि उर्चिन डिस (अत्याधुनिक भाँडा) को भिडियो किम इललाई देखाए, त्यसपछि केन्जीलाई त्यो सामान लिन जापान जाने अनुमति मिल्यो ।   

उत्तर कोरियाबाट भाग्नुअघि उनले युवा किम जोङ उनसँग पनि भेटेका थिए । ‘ म चाडैं फर्कनेछु । यो मेरो वाचा भयो,’ किम जोङसँग केन्जीले भनेका थिए । यतिबेलासम्म किमलाई यी सेफको योजना थाहै थिएन ।

उत्तर कोरियाबाट भागेको दुई वर्षपछि उनले आफ्नो स्मरण 
म किम जोङ इलको कुक थिएँ’ प्रकाशित गरे । यसमार्फत एकान्त राज्यको सत्ताका केही गोप्य कुराहरु बाहिर आयो । केन्जीलाई पुस्तक प्रकाशित गर्नेक्रममा आफ्नो जीवन जोखिममा छ भन्ने पनि थाहा थियो । यस पुस्तकमा जनताले भोकमरी सामना गरेका बेला उत्तर कोरियाका सर्वोच्च नेता कसरी विलासी जीवन, खर्च र पार्टी गर्न रुचाउँछन् भन्ने विषयमा चर्चा गरिएको थियो । किम जोङ इलका उत्तराधिकारी किम जोङ उन नै हुन् भनेर पनि पहिलोपटक यही पुस्तकले भविष्यवाणी गरेको थियो । 

यस्ता पुस्तक प्रकाशनपछि उत्तर कोरियाका जासूसले खोजेर मार्नसक्ने भयका कारण केही समय आफूले बुलेटप्रुफ भेस्ट लगाएर समेत हिँडेको  दाबी केन्जीले गरेका थिए । 

यसै क्रममा २०१२ को जुन महिनामा एक दिन सनग्लास र कालो कपडा लगाएका मानिसले केन्जीलाई घेरे । उनी यसअघि पनि यसरी नै घेरिएका थिए । त्यसैले, केन्जीले चिच्याएर ‘आइन्दा पछि नलाग्न’ भने । जवाफमा उनीहरुले आफूसँग जानुपर्ने शर्त राखे । त्यस्तो शर्त राख्ने व्यक्तिको समूहमा रहेका एकजनालाई केन्जीले चिन्थे । ती व्यक्ति किम परिवारको भित्री सर्कलका एक एजेन्ट थिए, जसलाई केन्जीले वर्षौअघि किम जोङ इलद्धारा आयोजित एक समारोहमा देखेका थिए । 

‘यो तपाईको परिवार र त्यस्तो व्यक्ति जो तपाईलाई भेट्न चाहन्छ उसको विषय हो,’ ती व्यक्तिहरुले केन्जीलाई भने । त्यसपछि यी एजेन्टहरुसँग केन्जी होटलमा गए, जहाँ उनलाई रातो कपडामा बेरिएको पत्र दिइयो । 

‘तपाईले मसँग गरेका वाचा पूरा गर्नैपर्छ । प्योङयाङ फर्कनुस् । म तपाईका लागि सुरक्षित बाटोको ग्यारेन्टी गर्छु,’ यहाँ लेखिएको थियो । यो किम जोङ उनले लेखेको पत्र थियो ।

यसपछि डराई–डराई केन्जी उत्तर कोरिया गए र तानाशाही शासकसँगै फोटोमा देखिए । टाउको झुकाउनुअघिको एक भावूक क्षणमा यी सेफले रुमालले आफ्नो आँखा पुछेका छन्, जसलाई माफी मागेको रुपमा व्याख्या गरिएको छ । 

यस भेटको ५ वर्षपछि २०१७ मा केन्जी उत्तर कोरियाको राजधानी प्योङयाङमै फर्किएका थिए । मिडिया रिपोर्टलाई आधार मान्ने हो भने अहिले उनी त्यहाँ सुसी रेस्टुरेन्ट चलाउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप