बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महन्थ ठाकुरले पाए जसपाको अध्यक्षसहित पहिलो वरियता, उपेन्द्रको वरियता तेस्रो

आइतबार, २५ जेठ २०७७, १४ : ३८
आइतबार, २५ जेठ २०७७

काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल (जपसा) मा नेतृत्व र वरियताको विषयमा सहमति जुटेको छ । 

पार्टीका तीन नेताहरु महन्थ ठाकुर, डा बाबुराम भट्टराई र उपेन्द्र यादवबीच आइतबार भएको छलफलबाट नेतृत्व र वरियताका विषयमा टुंगो लगाइएको हो । 

पार्टी स्रोतका अनुसार महन्थ ठाकुरलाई अध्यक्षसहितको पहिलो वरियता दिइएको छ भने उनकै नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गराइने छ । यस्तै डाक्टर बाबुराम भट्टराईलाई दोस्रो वरियता र  संघीय परिषद् अध्यक्ष दिने सहमति भएको छ । यस्तै तेस्रो वरियता सहित उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्नेछन् । यस्तै अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता हुँदा उनीहरुको वरियता क्रमशः चौथो र पाँचौ हुने सहमति बनेको पार्टी स्रोतले बताएको छ ।  पार्टी केन्द्रीय समिति ५१ सदस्सीय रहनेछ । 

सहमति बनेसँगै अब निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता गराइनेछ । यसअघि नेतृत्वको विषयमा विवाद रहँदा पार्टी दर्तामा ढिलाइ हुँदै आएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप