शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियोको विषयमा स्वरा भास्करलाई पक्राउ गर्ने माग उठ्यो, नायिकाले दिइयो यस्तो जवाफ

आइतबार, २५ जेठ २०७७, १३ : ३७
आइतबार, २५ जेठ २०७७

स्वरा भास्कर सोसल मिडियामा निकै सक्रिय रहने बलिउड सेलिब्रिटीमध्ये एक हुन् । उनी राजनीतिक र गैर राजनीतिक दुबै विषयमा आफ्नो धारणा व्यक्त गरिरहन्छिन् । यद्यपि, सोसल मिडियामा धेरैले उनीमाथि निशाना साँध्ने गर्छन् । यस्तो पुनः एकपटक भयो । शनिबार पनि ट्वीटरमा अरेस्ट स्वरा भास्कर ह्यासट्याग ट्रेन्ड हुनथाल्यो । सोसल मिडिया प्रयोगकर्ताको एक समूहले उनको गिरफ्तारीको माग गर्न थाले । अब यसमाथि स्वराको पनि जवाफ आएको छ ।

के हो घटना ?

वास्तवमा, ट्वीटरमा एउटा भिडियो भाइरल हुन थाल्यो । यसमा स्वरा भास्करले कुनै र्याली वा एकत्रित भीडलाई सम्बोधन गरिरहेको देखिएकी छिन् । सोसल मिडियामा यो भिडियोमार्फत् उनले दिल्लीमा हिंसा फैलाएको आरोप लगाइयो । यसबाहेक उनको गिरफ्तारीको मागका साथै उनलाई सजाय दिन पनि अपिल गरियो ।

स्वराको प्रतिक्रियाः

स्वरा भास्करले यो मुद्दामा आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले नाबिया खान नामकी एक सोसल मिडिया प्रयोगकर्ताको ट्वीट सेयर गरिन् । उनका अनुसार जुन भिडियोका कारण हंगामा भइरहेको छ, त्यो वास्तवमा २६ डिसेम्बरमा जामिया मिलिया इस्लामिया मुभमेन्टको क्रममा खिचिएको भिडियो हो । जबकी दिल्लीमा २३ फेब्रुअरीदेखि हिंसा सुरु भएको थियो । यसलाई रिट्वीट गर्दै स्वराले लेखिन्, ‘धन्यवाद नाबिया । यस्तो लाग्छ कि तर्क र तथ्य ती व्यक्तिका लागि कुनै महत्व राख्दैन जसको दिमागमा घृणाले डेरा जमाएको छ ।’

स्मरण रहोस्, स्वरा भास्कर विभिन्न मुद्दामा आफ्नो धारणा निर्धक्क व्यक्त गर्ने गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप