मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा १० जनाले जिते कोरोना

आइतबार, २५ जेठ २०७७, १३ : २७
आइतबार, २५ जेठ २०७७

दाङ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र   दाङका दुईदुई तथा बर्दियाका एक जना घर फर्किएका हुन् । 

तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र  केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ ।  स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि सङक्रमितलाई १४ दिनपछि घर पठाइने  उल्लेख छ ।  उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५  सङ्क्रमितको उपचार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप