मृग मारेको अभियोगमा पक्राउ
आइतबार, २५ जेठ २०७७, १२ : ५९
उदयपुर । जंगली जनावर मृग मारेको अभियोगमा चौदण्डीगढी नगरपालिका-५ जुटपानी बस्ने २८ वर्षीय बिरेन तामाङ र ३६ वर्षीय राज कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिकास्थित सगरमाथा सामुदायिक जंगलमा गई जंगली जनवर मृग मारी उनीहरुले आफ्नो घरमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरपुरर सब-डिभिजन बन कार्यालय सुन्दरपुर उदयपुरबाट खटिएको संयुक्त टोलीलेउनीहरुलाई मृगको मासु सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ दुवै जनालाई सब-डिभिजन बन कार्यालय सुन्दरपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।