बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमसीसीविरुद्ध जनमोर्चाले देशव्यापी विरोध गर्ने

आइतबार, २५ जेठ २०७७, १२ : ४४
आइतबार, २५ जेठ २०७७

काठमाडौं । राष्टिय जनमोर्चा (राजमो) ले मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई पारित गर्ने सरकारको रणनीति असफल पार्न यहीँ जेठ २६ गते देशव्यापी विरोध गर्ने भएको छ । राजमोका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै विरोध गर्ने जनाएका हुन् ।

‘देशमा एमसीसी पारित भएमा नेपालले अहिलेसम्म अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त भई अमेरिकी साम्राज्यवादको खेमामा प्रवेश गर्नेछ । त्यसरी नेपाल अमेरिकी साम्राज्यवादको गतिविधि गर्ने स्थल बन्नेछ । त्यसबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा चुनौति सृजना हुनेछ । त्यसैले एमसीसी पारित गर्न खोज्नु गम्भीर राष्ट्रघात हुनेछ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सरकारले अहिले त्यसप्रकारको राष्ट्रघाती कार्यका लागि प्रयत्न गरिरहेकोले त्यसलाई असफल पार्नका लागि सम्पूर्ण देशभक्त जनताको संयुक्त संघर्ष र आन्दोलन एकमात्र विकल्पको रुपमा अगाडि आएको छ । जनताको देशभक्तिपूर्ण संघर्ष र आन्दोलनले सरकारको त्यसप्रकारको प्रयत्नलाई असफल बनाउने छ भन्ने हामीलाई विश्वास छ । यस सन्दर्भमा २०७७ जेठ २६ गते देशव्यापी रुपमा विरोध कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई सम्भव भएसम्म एमसीसी विरोधी बिभिन्न पक्षहरुसित सहकार्य गरी सम्पन्न गरिने छ र त्यसरी सम्भव नभएमा राष्ट्रिय जनमोर्चाको एक्लैको आयोजनामा पनि सम्पन्न गरिने छ ।’

जनमोर्चाले राष्ट्रघाती कदमका विरुद्ध ऐक्यवद्धताका साथ संघर्षमा उत्रिन सवैलाई आव्हान पनि गरेको छ । एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भन्ने कुरा स्वयम् अमेरिकी सरकारी अधिकारीहरुले बोलिसकेको अवस्थामा नेपाल सरकारले त्यसरी प्रष्ट भएको विषयलाई हिन्द प्रशान्त रणनीतिको अंग नभएको भन्ने भ्रम पैदा गरी संसदबाट पारित गराउने प्रयत्न गरिरहेको जनमोर्चाको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप