मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि सुनचाँदीको पसल आंशिक खुल्ने, प्रत्येक दिन दरभाउ प्रकाशित हुने

आइतबार, २५ जेठ २०७७, १२ : ४१
आइतबार, २५ जेठ २०७७

काठमाडौँ । लकडाउन यता बन्द रहेको सुन चाँदी व्यवसाय आजबाट  (जेठ २५) आंशिक खुला हुने भएको छ । चैत ११ देखि सो व्यवसाय बन्द थियो । सो दिनदेखि सुनचाँदीको दरभाउ पनि प्रकाशन गर्न स्थगित गरिएको थियो ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्न लागेकोले व्यवसाय पनि आंशिक खुला गर्न लागिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सरकारले विभिन्न जिल्ला प्रशासन, सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र सम्बन्धित उद्योग वाणिज्य संघको  संयुक्त सहमतिले केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेकोले सोही अनुसार पसल खोलिने महासंघले जनाएको छ ।

आजैदेखि सुनचाँदीको भाउ पनि प्रकाशित भएको छ । आइतबार सुन तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने तोलाको ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप