बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संसदहरु व्यक्तिगत गालीगलौचमा उत्रेपछि सभामुखले स्मरण गराए नियमावलीको बुँदा

आइतबार, २५ जेठ २०७७, १२ : २२
आइतबार, २५ जेठ २०७७

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरु विषय वस्तुभन्दा बाहिर गएर व्यक्तिगत गालिगलोज र आरोप प्रत्यारोपमा उत्रन थालेपछि सभामुख अग्नि सापकोटाले नियमावलीको बुँदा नम्बर २१ को ङ स्मरण गराएका छन् ।

आइतबार सांसद चन्दा चौधरीले बजेटमाथिको छलफलमा सहभागी हुँदा यसअघि सांसद गंगा चौधरीले संसदमा बोलेको रेकर्ड हटाउन माग गरेपछि सभामुख सापकोटाले सांसदहरुलाई नियमावलीबारे पुुुनः स्मरण गराएका हुन् । सभामुख सापकोटाले यो विषयबारे आफुले रुलिङ नै गरिसकेको अवस्थामा विषयबस्तुमा केन्द्रीत भएर धारणा राख्न पटक पटक आग्रह गर्दा पनि सांसद चौधरीले उक्त कुरा उठाउन नछोडेपछि सभामुखले सांसदहरुलाई नियमावलीको स्मरण गराएका हुन् ।

‘यहाँ माननीय सदस्यहरुले बोल्ने क्रममा आरोप्रप्रत्यारोप जस्तो भइरहेको छ । त्यसकारण म नियामवलीको  २१ को ङ तिर सवै माननीयहरुको ध्यानकर्षण गराउन चाहान्छु’, सभामुखले ध्यानाकर्षण गराउदै भने, ‘म यो कुरा पनि प्रष्ट पार्न चाहन्छु कि हामी सवैको बुद्धि विवेक लगाएर असाध्यै जोखिमपूर्ण समयमा पनि सदन चलाइरहेका छौँ । राष्ट्रिय महत्त्वका विषयमा हामी निश्कर्षमा पुग्नुपर्ने आवश्यक्ता छ । करिव–करिव हामी निश्कर्षमा पुग्दैछौँ । हामी सफलतातिर जादैछौँ । एउटा शक्तिशाली सन्देश दिन सफलतातिर गइरहेको बेलामा व्यक्तिगत टिकाटिप्पणी र आरोपप्रत्यारोप नजाऔँ ।’

सभामुख सापकोटाले पुनः स्मरण गराउदै उक्त विषयको यथोचित छानविन हुने समेत बताएका थिए । गत जेठ १९ गते सांसद गंगा चौधरीले केही सांसदहरुप्रति लक्षित गर्दै संसदमै भारतीय चेलीहरुको दादागिरी चलेको भन्दै सीमा र मर्यादा नाघेर राष्ट्रियतको विपक्षमा अभिव्यक्तिहरु दिने गरेको भन्दै आपत्ति जनाएकी थिइन् । त्यसको प्रतिवाद गर्दै सांसद अम्रिता अग्रहरी र सरिता गिरीले सांसद गंगा चौधरीलाई कारवाही गर्न माग गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप