गंगा चौधरीमाथि खनिइन् सांसद चन्दा चौधरी, सभामुखले रोक्दा पनि रोकिइनन् (भिडियो)
राजपाकी सांसद चन्दा चौधरीले नेकवा सांसद गंगा चौधरी सत्गौवाको भनाइको खण्डन गर्दै उनको भनाई रेकर्डबाट हटाउन माग गरेकी छिन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको खर्च कटौतीमाथिको प्रस्तावमा बोल्ने क्रममा विषयमा वस्तुमा प्रवेश नगरेर उनको गंगा चौधरीको आलोचना गरेकी हुन् ।
सभामुख अग्नि सापकोटाले आफूले सो विषयमा रुलिङ गरिसकेको र विषयबस्तुमा प्रस्वेश गरेर बोल्न आग्रह गरे । तर सांसद चन्दा चौधरीले गत जेठ १९ गते संसदमा ‘विदेशी चेलीको दादागिरी’ भन्ने शब्द रेकर्डबाट हटाउन माग गरिन् ।
सभामुख सापकोटाले भने, ‘त्यो विषयमा मैले रुलिङ गरिसकेको छु, त्यसबारेमा सवै विवरण लिएर कार्यव्यवस्था समितिमा छलफल गरेर आवश्यक निर्णय लिन्छु । त्यो विषयमा नजानुहोला ।’
सांसद चौधरीले आफू अर्को विषयमा बोल्छु भन्दै पुनः सोही कुरा राख्दै २०४८ सालदेखि संसदमा हिन्दी बोल्दै आएको बताउँदै हिन्दी बोल्दैमा कोही भारतीय नागरिक नहुने दावी गरिन् ।
सभामुखले विषयभन्दा बाहिर बोले लाइन काट्ने चेतावनी दिँदा पनि उनले सोही कुरा दोहा¥याउदै रगत उमाल्ने अभिव्यक्ति दिने सांसदलाई चेतावनी दिन आग्रह गरिन् ।
उनले आफ्नो दलको सचेतकसँग कुरा गर्दा रेकर्डबाट हटाएको नपाएपछि पुनः कुरा उठाएको बताइन् । उनले हिन्दीमा भाषामा सपथ लिँदा केही नहुने अहिले कुरा उठाएको भन्दै आपत्ति जनाइन् ।
नेपाल भारतबीच विवाह हुने, पूरानो संम्बन्ध रहेको बताउदै त्यसबारेमा गंगा चौधरीसँग घण्टौं छलफल गर्न सक्ने बताइन् ।
सभामुख सापकोटोले ब्यक्तिगत रुपमा आरोप प्रत्यारोप भएपछि संसद नियमावलीको २१ को ङ तर्फ ध्यानाकर्षण गराउँदै विषयबस्तुमा केन्द्रीत हुन आग्रह गरे ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव