केन्द्रीय संस्करण
स्मृति दिवस

सम्झना अम्बर गुरुङ : ‘राष्ट्र गायक’ सम्मानको सपना अधुरै रह्यो

person explore access_timeजेठ २५, २०७७ chat_bubble_outline0

अमर गुरुङ नेपाली संगीतिक फाँटका सुप्रसिद्ध संगीतकार थिए । अहिलेको राष्ट्रिय गान ‘सयौँ थुङ्गा फूलका हामी’ का पनि संगीतकार हुन् उनी । सयौँ नेपाली गीतमा संगीत भरेका गुरुङले ‘नौलाख तारा उदायो’, ‘सुगौली सन्धि भुलेको छैन’ जस्तो राष्ट्रभक्तिले ओतप्रोत गीतमा समेत बनाएका छन् ।

गुरुङको जन्म वि.सं. १९९४ (सन् १९३८) मा भारतको दार्जलिङको मिलिङ कमानमा भएको थियो । तर उनको पुर्ख्यौली घर भने गोरखा जिल्लाको रिसिङ हो । ७८ वर्षको उमेरमा वि.सं. २०७३ (७ जुन २०१६) मा उनको निधन काठमाडौँमा भएको हो ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशकसमेत रहेका उनले गायन तथा संगीतको सुरुवात वि.सं. २०१६ मा कलकत्ताबाट गरेका थिए । त्यतिबेला उनले ‘म अम्बर हुँ’ र ‘सम्हालेर राख’ गीत बनाएका थिए ।

थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित उनका केही पुस्तक समेत प्रकाशित छन् । जीवन रहँदै राष्ट्रबाट ‘राष्ट्र गायक’ सम्मान पाउने इच्छा राखेका गुरुङको सो इच्छा भने पुरा हुन सकेन ।

गम्भीर र कडा स्वभावका उनीसँग कमै मात्र व्यक्ति खुलेर बोल्न सक्दथे । ती मध्यका एक हुन् प्रकाश सायमी । सायमी गुरुङका प्रिय पात्र थिए । जीवनका धेरै कुरा साझा गर्ने, आवश्यक पुस्तक मगाउने पनि उनी सायमीसँग नै गर्दथे । छोराहरुलाई समेत आफ्नो बारेमा धेरै जानकारी लिनुपरे आफुसँग सोध्नु भनेर गुरुङले भन्ने गरेको सायमीले सुनाए । साहित्यकार, लेखक, फिल्म निर्माता तथा निर्देशक प्रकाश सायमीले गुरुङको सम्झना यसरी गरेः 

वि.सं. २०३८ तिर होला उहाँसग मेरो पहिलो भेट भएको । संगीत सिक्ने उद्देश्यले म उहाँलाई भेट्न पुगेको थिएँ । त्यतिबेला उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानको जागिरे हुनुहुन्थ्यो । सो समय प्रतिष्ठानले संगीत प्रशिक्षण दिने भनेर एउटा परियोजना सुरु गरेको थियो । त्यसमा निवेदन दिएर म पनि छानिएको थिए ।

तर, उहाँले मलाई संगीत नसिक्नु बरु यो भन्दा राम्रो आफूलाई ज्ञान भएको विषय रोज्न सल्लाह दिनुभयो । संगीत सिक्न नपाए पनि उहाँलाई गुरु मानेर मैले अर्काे बाटो अभिनय रोजे ।

अहिले पनि म उहाँलाई नै गुरु मान्छु । मैले उहाँसँग संगीत बाहेकका सबै कुरा सिके । साहित्यिक किताव पढ्ने, चलचित्र बनाउनेदेखि हरेक ज्ञान उहाँसँग नै लिएको छु ।

कडा स्वभाव थियो

उहाँलाई चिनेदेखि नै गम्भीर स्वभावको पाएँ । उहाँ अलि कडा पनि हुनुहुन्थ्यो । विद्यार्थीदेखि साथीभाई, कसैले पनि उहाँसँग दोहोरो संवाद गर्न सक्दैन थिए । म भने फरक थिएँ । उहाँलाई हसाउँथे । म नै होला उहाँको पहिलो विद्यार्थी । जसले तपाईंको त फलानो पनि गलफ्रेन्ड रहेछ हैन भनेर सोध्ने । दोहोरो कुरा गर्ने ।

उहाँको धेरै चेला थिए । तीमध्ये म भिन्न थिएँ । उहाँले आफ्नो छोराहरुलाई समेत आफ्नो बारेमा धेरै जान्नुपरे प्रकाशलाई सोध्नु भनेर भन्नुहुन्थ्यो ।

०४०/४१ साल तिरको कुरो हो । दार्जलिङबाट उदय सोताङ आएका थिए । मिलन मोक्तान भन्ने भाइले उनको एक संगीतिक कार्यक्रम आयोजना गरेका थिए ।

मिलन प्रमुख अतिथिमा अम्बर गुरुङलाई बोलाउन चाहन्थे । त्यसैले ‘तपाईंले भनेर मान्नुहुन्छ’ भनेर मलाई सारै कर गरेपछि मैले उहाँलाई बोलाए । कार्यक्रम सभागृहमा थियो । कार्यक्रममा एक गीत गाएर उदय सोताङको कार्यक्रम नै नसकिदै हिँडिदिनुभयो । अम्बर सर मसँग यस्तो वाइयत कार्यक्रममा बोलाएको भनेर रिसाएर निस्किनुभयो ।

वास्तवमा त्यहाँ हिन्दी गीतहरु गाइएको थियो । सार्वजनिक रुपमा हिन्दी गीत गाएको उहाँलाई मन नपर्नु पनि रिसाउनुको कारण हो । उहाँलाई सार्वजनिक कार्यक्रममा हिन्दी गीत गाएको कहिल्यै पनि मनपरेन ।

ति काम भएन

त्यस्तै २०४४ साल तिरको कुरो । म ‘वाचाबन्धन’ भन्ने एउटा चलचित्र निर्माणको तयारीमा थिए । जसमा म संगीत अम्बर सरको राख्न चाहन्थे । त्यतिबेला उहाँको डेरा ज्ञानेश्वरमा थियो । मैले मेरो चलचित्रको निर्माता लिएर उहाँलाई भेट्न गए । फिल्मको निर्माता पनि गुरुङ थरकै थिए । भेटमा उहाँले निर्मातासँग हामी दुबै गुरुङ भनेर खुलेर कुरा गर्नुभयो । औपचारिक, अनौपचारिक कुरा सबै भए । तर, काम कहिलेबाट सुरु गर्ने भनेर भन्दा कुरै गर्नुभएन ।

धेरै पटक भेटिसक्दा पनि निर्मातालाई यस्तो ल्याइदिनु, उस्तो ल्याइदिनु मात्र भन्ने, कामको कुरै नगर्ने गर्नुहुन्थ्यो । हामी पनि उहाँको संगीतका लागि प्रयासरत थियौँ । धेरै पछि एकपटक फिल्मको संगीत त नगरौँ होला प्रकाश भनेर भन्नुभयो । उहाँले त्यसो भनेपछि मैले भने ‘सर मेरो पहिलो रोजाई हो । नगर्ने भए ठिकै छ भने ।’

२०५७ साल तिर म पोखराको अन्नपूर्ण रेडियोको स्टेसन हेड भए । सो समय रेडियोको एउटा सिग्नेचर ट्युन बनाउनु पर्ने थियो । बीबीसीको जस्तै बनाउने मेरो सोच थियो । त्यो कसले गर्छ त भन्ने कुरामा मैले उहाँलाई सम्झिए ।  उहाँसँग भेट गरे । कुराकानी पनि राम्रो भयो । मैले पैसा पनि राम्रो दिन्छु भने । तर, उहाँले गर्ने इच्छा नै गर्नु भएन । उहाँले नगरेपछि उहाँकै छोरा किशोरबाट काम गराएँ ।


सन्  २०१६ फागुन १४ गते उहाँको जन्मदिन ग्राण्डी अस्पतालमा सेलिब्रेसन गरिएको थियो । यो नै उहाँको अन्तिम जन्मदिन सेलिब्रेसन भयो । सो समय पनि उहाँले एक पुस्तक मगाउनु भएको थियो । मैले जन्मदिनको उपहार स्वरुप किताब लिएर गएको थिए । ‘तिमीले त्यो किताव ल्यायौ,’ भनेर सोध्नुभयो । मैले पनि ‘ल्याएँ’ भने । उहाँले कुनामा लगेर डक्टरले खैनी खान दिएको छैन । खैनी ल्याएनौ भनेर भन्नुभयो । ल्याइदेउन भन्नुभयो । तर मैले दिइनँ ।उहाँको चेलाहरु मध्ये म नै एउटा यस्तो चेला थिए । जसले उहाँलाई खैनी, चुरोट, रक्सीका कहिलै खुवाइनँ । बरु बाहिर लगेर लञ्च, डिनर मज्जाले खुवाउँथे ।


कितावी किरो

अम्बर सर धेरै कितावहरु पढ्नुहुन्थ्यो । धेरै जसो मलाई फोन गरेर किताव मगाउनु हुन्थ्यो । म हरहमेसा उहाँलाई किताव पुर्याउँथे ।

उहाँ धेरै लेखकहरुलाई भेट्नु हुन्थ्यो । धेरै लेखकका पुस्तक पढ्नुहुन्थ्यो । शंकर लामिछाने भन्ने उहाँको मनपर्ने लेखक थिए ।

उहाँले सधै भन्नुहुन्थ्यो ‘बुझ्यौ प्रकाश, शंकर लामिछाने जस्तो हृदय भएको लेखक नेपालमा मैले कोही भेटिन ।’ त्यसैले पनि मैले शंकर लामिछाने निबन्ध कोष गठन गर्दा पहिलो अध्यक्ष नै अम्बर सरलाई नै बनाएँ ।

सन्  २०१६ फागुन १४ गते उहाँको जन्मदिन ग्राण्डी अस्पतालमा सेलिब्रेसन गरिएको थियो । यो नै उहाँको अन्तिम जन्मदिन सेलिब्रेसन भयो । सो समय पनि उहाँले एक पुस्तक मगाउनु भएको थियो । मैले जन्मदिनको उपहार स्वरुप किताब लिएर गएको थिए । ‘तिमीले त्यो किताव ल्यायौ,’ भनेर सोध्नुभयो । मैले पनि ‘ल्याएँ’ भने ।

उहाँले कुनामा लगेर डक्टरले खैनी खान दिएको छैन । खैनी ल्याएनौ भनेर भन्नुभयो । ल्याइदेउन भन्नुभयो । तर मैले दिइनँ ।

उहाँको चेलाहरु मध्ये म नै एउटा यस्तो चेला थिए । जसले उहाँलाई खैनी, चुरोट, रक्सीका कहिलै खुवाइनँ । बरु बाहिर लगेर लञ्च, डिनर मज्जाले खुवाउँथे ।

राष्ट्रगानको बारेमा बेलायतमा एउटा किताव लेखिएको रहेछ मार्सल एक्ससेल भन्ने । त्यो किताव मृत्युको अन्तिम शैय्यामा हुँदा पनि उहाँले मसँग माग्नुभएको थियो । मैले लगेर दिएको थिएँ । किताव लिनुभयो तर पढ्न सक्नुभएन ।

प्रतिभा सार्नुभएन

संगीतकारको रुपमा मैले उहाँलाई सम्झनु पर्दा उहाँ एकदमै राम्रो संगीत जान्ने मानिस हो । तर, उहाँले आफ्नो समय सहि तरिकाले संगीतमा सदुपयोग गर्न सक्नुभएन । नेपाल प्रज्ञा प्रतिष्ठानले पनि उहाँसँग जति लिनसक्नुपर्ने थियो । त्यो लिन सकेन । प्रज्ञा प्रतिष्ठानमा उहाँलाई जागिरमा राख्नु नै भुल भयो । उहाँले जागिर खाने काम मात्र गर्नुभयो ।

उहाँले धेरै रचनात्मक काम गर्न सक्नुहुन्थ्यो, गर्न चाहनुहुन्थ्यो, गर्नुपथ्र्याे सो भएन । उहाँले आफ्नो प्रतिभा अरुमा सारेर जानसक्नुभएन ।

यस विषयमा गीतकार नगेन्द्र थापाले एकपटक भन्नुभएको थियो, ‘नौलाख तारा उदायो’, ‘सुगौली सन्धि भुलेको छैन’ जस्तो गीत गरेको संगीतकार गुरुङलाई राजा महेन्द्रले प्रज्ञा प्रतिष्ठानमा राख्नु भनेको राम्रो फुलेको फूललाई कलमी गरेर गमलामा राखे जस्तो भयो ।’


उहाँको जीवन अचम्म लाग्दो थियो । धेरै जनासँग उहाँको प्रेम थियो । विवाहपछि पनि प्रेम गर्नुहुन्थ्यो । उहाँको नजिकको एउटा दाइले दुई विवाह जीवन बिगार्नुभएछ । त्यो देखेर उहाँले प्रेम जति जनासँग पनि गर्न सकिन्छ । विवाह एउटासँग मात्र गर्नुपर्छ भन्नुहुन्थ्यो । उहाँको यो कुरोमा भने म सहमत हुन सकिनँ । मलाई उहाँको तर्कहिन लागेको कुरा पनि यहि हो ।


धेरैसँग प्रेम थियो

अम्बर सरलाई पाश्चात्य संगीत, फिल्म संगीत लगायत धेरै संगीतको राम्रै ज्ञान थियो । एक्सिडेन्टल संगीत समेत गर्न सक्नु हुन्थ्यो । उहाँको पहिलो लटको चेला शक्तिबल्लभ, बुलु मुकारुङ, महेशराज ठाकुर लगायत हुन् । उहाँका धेरै चेलाले सांगीतिक क्षेत्रमा नाम बनाएका छन् ।

उहाँको जीवन अचम्म लाग्दो थियो । धेरै जनासँग उहाँको प्रेम थियो । विवाहपछि पनि प्रेम गर्नुहुन्थ्यो । उहाँको नजिकको एउटा दाइले दुई विवाह गरेर जीवन बिगार्नुभएछ । त्यो देखेर उहाँले प्रेम जति जनासँग पनि गर्न सकिन्छ । विवाह एउटासँग मात्र गर्नुपर्छ भन्नुहुन्थ्यो । उहाँको यो कुरोमा भने म सहमत हुन सकिनँ । मलाई उहाँको तर्कहिन लागेको कुरा पनि यहि हो ।

उहाँ व्यवसायिक मानिस पनि होइन । आफूले गरेको यो कामको यति नै पैसा भनेर पनि भन्नसक्नु हुँदैन थियो । राष्ट्रगान तयार गर्नुभयो । त्यो पास गराउन पनि उहाँले कुनै योगदान दिनुभएन । पास भएपछि प्रचारप्रसारको समय भने उहाँ बिमारी हुनुहुन्थ्यो । त्यसका लागि उहाँको छोरा किशोर र म हिँडेका थियौँ ।

त्यो सपना पुरा भएन

उहाँको जीवनको अन्तिम ठुलो सिर्जना नै राष्ट्र गान हो । उहाँको मृत्यु हुँदा राष्ट्रगान चलिसकेको थियो । म गायक नभएपनि मैले राष्ट्रका लागि गीत बनाएको छु । मलाई राष्ट्र गायक सम्मान दिनुपर्छ भन्ने उहाँको चाहना थियो । राष्ट्र गान चलेपछि उहाँलाई राष्ट्र गायक सम्मान दिने कुरा मन्त्रिपरिषद्बाट समेत पास भएको थियो । तर त्यो सम्मान नहुँदै उहाँ बित्नुभयो ।

उहाँको मृत्यपछि उहाँको छोराहरुले त्यो भन्दा ठूलो सम्मान राख्नुपर्छ भनेर केही समय सम्मानका लागि अल्झाउनु भयो । अहिले उक्त सम्मानको कुरा त्यसै हराएर गयो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.