शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा विवाद : भारत र चीनका सैन्य अधिकारीबीच भएको छलफलमा के भयो ?

आइतबार, २५ जेठ २०७७, १० : २५
आइतबार, २५ जेठ २०७७

भारत र चीनबीच पूर्वी लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोलमाथि जारी विवाद सुल्झाउने उद्देश्यसहित शनिबार महत्त्वपूर्ण बैठक भएको छ । दुई देशका सैन्य अधिकारीहरुबीच यो बैठक लद्दाखको सीमा नजिक भएको हो ।

इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार बैठक शनिबार बिहान करिब ११ बजे सुरु भएको थियो र लगातार तीन घण्टा छलफल चलेको थियो ।

भारतको तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहको नेतृत्वमा एक टोली सहभागी भएको थियो भने चीन*को तर्फबाट मेजर जनरल लियु लिनको नेतृत्वमा एक टोली सहभागी भएको थियो ।

बैठकमा भएको छलफलबारे लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले अब सेना प्रमुख एमएम नरवणेसामु राख्नेछन् । हालसम्म सेनाको तर्फबाट यस बैठकमा भएको छलफलको बारेमा कुनै पनि जानकारी साझा भएको छैन ।

उता, अंग्रेजी पत्रिका टाइम्स अफ इन्डियाले दुई देशका सैन्य अधिकारीबीच भएको बैठक सकारात्मक दिशामा अघि बढेको बताएको छ ।

स्रोतको हवाला दिँदै दुई पक्षबीचको बैठक सकारात्मक भएको र दुवै देश पूर्वी लद्दाखको सीमा दुवै तर्फको क्षेत्रमा पहिलेको जस्तै स्थिति कायम गर्न तयार भएको बताइएको छ ।

यसको अर्थ पैंगोंग झील, गोगरा हट स्प्रिङ्ग इलाका र गलवान घाटीका क्षेत्रबाट दुवै देशले आफ्नो भारी सैन्य बल र युद्धक हतियार हटाउन सक्नेछन् ।

स्रोत : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप