बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडी : सुत्केरी महिलाको कोरोना रिपोर्ट  नेगेटिभ, क्वारेन्टिनमा बसेका स्वास्थ्यकर्मी काममा फर्किए

आइतबार, २५ जेठ २०७७, ०९ : ५८
आइतबार, २५ जेठ २०७७

डीआर भट्ट

जिल्ला अस्पताल बैतडीमा सुत्केरी भएकी  महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढी प्रयोगशाला गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीले जानकारी दिए ।

गत जेठ २० गते जिल्ला अस्पतालमा सुत्केरी भएकी महिलामा कोरोनाका सम्भावित लक्षण देखापरेपछि कोरोना आशंकामा थ्रोट स्वाब संकलन गरेर धनगढी प्रयोगशाला पठाइएकोमा परीक्षण गर्दा उनमा कोरोना नदेखिएको उनले बताएका हुन् ।

दोगडाकेदार गाउँपालिका–६ सित्तड घर भएकी सुत्केरी महिलामा संकास्पपद लक्षण देखापरेपपछि थ्रोट स्वाब संकलन गरेर जेठ २२ गत परीक्षणका लागि धनगढी पठाइएको थियो ।

सुत्केरी महिलाको कोरोना रिपोट नेगेटिभ आएसँगै सेल्फ क्वारेन्टाइनमा बसेका सबैजना स्वास्थ्यकर्मी नियमिति काममा फर्केका छन् । सुत्केरी महिलाको कोरोना रिपोट नेगेटिभ आएसँगै सेल्फ क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मी काममा फर्केका जिल्ला अस्पतालका डा. जोशीले बताए ।

सुत्केरी महिलामा कोरोनाको शंकास्पद लक्षण देखिएपछि उपचारमा संलग्न १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बसेकाका भएपनि अहिले सबैजना नियमितकाममा फर्किएका उनले बताए ।

यहि जेठ २० गते सुत्केरी महिलामा आरडीटी परीक्षणमा भने पोजिटिभ देखिएपछि अस्पताल प्रमुख डाक्टर सहित ३ जना डक्टर, १० जना नर्स, ३ जना ल्याव असिस्टेन्ट र ३ जना कार्यालय सहयोगी गरी १९ जना सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप